पाँचथरको रानीटारमा किरात माङहिम निर्माण

 लिम्बुवान न्युज
                       

पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा ७ नाँलपा रानीटारमा किरात धर्मावलम्बीहरुले महागुरु फाल्गुनन्द युमा माङहिम निर्माण गरेका छन् । फिदिम वडा ७ बाट ५० हजार रुपैयाँ सहयोग र स्थानिय किरातधर्मावलम्बीहरुको १ लाख ५० हजार रुपैयाँको लागतमा सो माडहिम निमार्ण सम्पन्न भएको हो ।

शनिबार सामाजिक दुरी कायम गरी किरात धार्मिक परम्पराअनुसार सेवासावाद्वारा मुन्धुम पढेर माङहिमको उद्घाटन गरिएको छ । किराँत धर्मका जन्मदाता महागुरु फाल्गुनन्द लिडदेन गाँउगाउँमा पुगेर अनुयायी चुलाभुलाहरुलाई धार्मिक ज्ञान बाढ्ने क्रममा वि.स. १९८६ सालमा उक्त ठाँउमा रहेको ओढारमा एक रात विताएकोले सो ठाँउलाइँ पवित्र स्थानका रुपमा मानी सो स्थानमा माडहिम निर्माण गरिएको समितीका अध्यक्ष बल बहादुर नेम्वाडले बताए ।

कोरोना महामारीमा सरकारले समुदाय भेला गर्न रोक लगाएको अवस्थामा सामाजिक दुरी कायम गर्दै फाल्गुनन्द लिङदेनका अनुयायी किराँत धर्मावलम्वीहरु भेला भई माङहिमको उद्घाटनसँगै पुजाआजा आरम्भ गरिएको हो । स्थानिय किराँत धर्मगुरु मनकुमार नेम्बाडले थेवाथान स्थापना गरी १ सय ८ बत्ती बालेर पुजापाठ गरी माङहिमको उद्घाटन गरेका थिए ।

यस माङहिममा हरेक महिनाको ५ गते पुजा गर्ने र हरेक बर्ष जेठमा ठुलो पुजा गर्ने माङहिम निर्माण समितिका अध्यक्ष नेम्बाडले बताएका छन् ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...