जसपा प्रकरणः अझै फर्काएनन् एकअर्का अध्यक्षले स्पष्टीकरण

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा) नेपालमा यतिबेला दुई पक्षबीच स्पष्टीकरणको जुहारी चलेको छ । एक पक्षले अर्को पक्षलाई सोधेको स्पष्टीकरणको जवाफ एकअर्काले फर्काएका छैन । जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए भने यादवले पनि अध्यक्ष ठाकुरलाई नौ बुँदे स्पष्टीकरण पत्र पठाएका थिए ।

जेठ ११ गते दुवै पक्षले पत्र लेखेर एक अर्कालाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ दिनु भनेर लेखिएकाे पत्रकाे १३ गते नै म्याद सकिए पनि आज सम्म एक अर्कालाई जवाफ दिएका छैनन् ।

जसपा विवाद उत्कर्षमा पुगेपछि अब वार्ताको माध्यमबाट पार्टीको समस्या समाधान गर्ने पहल सुरु भएको पार्टी स्रोतले बताएको छ । पार्टीका नेताहरूबाट अनुशासन उल्लंघन भएको कारण स्पष्टीकरण सोधिएको तर जवाफ नआएपछि अब वार्ताको माध्यमबाट विवाद समाधान गर्ने प्रयास भईरहेको अध्यक्ष यादवले बताउनु भयो । उनले यसबारे शीर्ष तहमा कुराकानी भइरहेको समेत जनाउनु भएको छ ।

अध्यक्ष यादवले पत्रमा तीन दिनभित्र स्पष्ट र चित्त बुझ्दो जवाफ प्राप्त नभएमा पार्टीको विधानबमोजिम अनुशासनको कारवाही हुने चेतावनी उल्लेख गरेका थिए । तर विवादलाई चर्काउनुभन्दा पनि वार्ता र छलफलबाट समाधान गर्ने आफूले प्रयास गर्ने बताए । यस्तै ठाकुर पक्षका बरिष्ठ नेता राजेन्द्र महतोले अवैधानिक रुपमा सोधिएको स्पष्टीकरणको कुनै जवाफ नदिने हामीले सोधेको प्रश्नको जवाफ नआएको हुँदा पार्टीले के गर्ने भनेर छलफल गरेर निर्णय लिने वताउनु भयो ।

अध्यक्ष यादवले सोधेको स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नदिएमा पार्टीको विधान अनुसार कारवाही गर्ने उल्लेख गरिए पनि अध्यक्ष ठाकुरले सोधेको स्पष्टीकरणमा तीन दिनभित्र जवाफ नआए के गर्ने भनेर केही उल्लेख गरेका छैनन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;