कुवेत पुगेका खेलडीहरुको पीसीआर रिपोर्ट सबैको नेगेटिभ

 लिम्बुवान न्युज
                       

काठमाडौं। कुवेत पुगेको नेपाली फुटबल टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट आएको छ । कुवेत पुगेको टोलीका सबै खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

नेपाली टोली इराकसँगको मैत्रीपूर्ण खेलपछि कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न त्यहाँ पुगेका हुन् । टोलीका सबै सदस्यले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए सबै खेलाडीहरुको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

छनोटअन्तर्गत समूह बी मा रहेको नेपालले बाँकी ३ खेल कुवेतमा खेल्नेछ । नेपालले जेठ २० गते चाइनिज ताईपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । नेपालको सबै खेल नेपाली समय अनुसार राती ९ः४५ बजे सुरु हुने जनाइएको छ ।

तीनवटै टिम फिफा वरीयतामा नेपाल भन्दा माथि छन् । अष्ट्रेलिया फिफा वरीयतामा ४१औं स्थानमा छ भने जोर्डन ९५औं र चाइनिज ताइपेई १४१औं स्थानमा छ । नेपाल १७१औं स्थानमा छ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...