नेपालसँग चिनीयाँ ताइपेई २–० गोलले स्तब्ध

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। विश्वकप छनोट अन्तर्गत आज (बिहीबार) भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई हराएको छ । कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २–० गोलले हराएको हो ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालले चौथो मिनेटमा पाएको पेनाल्टीलाई सही सदुपयोग गर्दै अञ्जन विष्टले गोल गरेका हुन् ।

ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सही दिशा दिएका विष्टले सहिजलै गोल गरेका थिए अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो ।

त्यस्तै खेलको उत्तरार्धमा ८१औँ मिनेटमा नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरेका हुन् ।

एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भएको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा पनि २–० को जितनै निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए ।

नेपालका लागि नवनियुक्त कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नपालले इराकसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जून खेलमा नेपाल इराकसँग ६–२ गोलले स्तब्ध भएको थियो ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...