खेल मैदानमा अचेत भएका डेनमार्कका एरिक्सनलाई हृदयघात

 लिम्बुवान न्युज
                       

एजेन्सी । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन अचेत भएर मैदानमा ढल्नुको कारण हृदयघात भएको पुष्टि भएको छ । डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएको पुष्टि गरेका हुन् ।

’उनी मृत्युको मुखबाट फिर्ता भएको बताउँदै डाक्टर बोएसेनले भने हामीले कार्डियक रिससिटेसन (सीपीआर) गरेका थियौं । यो हृदयघात थियो, गुमाउन हामी कति नजिक थियौं । मलाई थाहा छैन । तर, हामीले उनलाई एक डिफिब्रिलेसनपछि फिर्ता ल्यायौं ।’

शनिबार राति फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा बल नियन्त्र गर्नेक्रममा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए । उनलाई मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उक्त खेलमा डेनमार्क १–० ले पराजित भएको थियो ।

डाक्टर मोर्टेनले उनको स्वास्थ्य अहिले ठिक रहेको समेत बताए । ’अहिलेसम्म गरिएको परिक्षणमा उनी राम्रो देखिन्छ । यो किन भयो भनेर हामीसँग स्पष्टीकरण छैन,’ उनले भने ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...