नेपाल आइपुगे नेपाली राष्ट्रिय फुटबल टिम

 लिम्बुवान न्युज
                       

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ । आइतबार समूह (बी) मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर स्वदेश फर्किएको हो ।

नेपाली टिम राति ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याण्ड गरेको हो । नेपाली टिम कुवेतबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेको हो । २३ खेलाडीसहित नेपाली टिम आइतबार राति स्वदेश फर्किएका हुन् ।

छनोट अन्तर्गत कुवेतमा नेपालले चाईनिज ताईपेई, जोर्डन र अष्ट्रेलियासंग खेलेको थियो । पहिलो खेलमा चाईनिज ताईपेलाई २–० ले पराजित गरेको नेपाल जोर्डन र अष्ट्रेलियासंग समान ३–० ले पराजित भएको थियो ।

विश्वकप÷एसियन कप छनोटको समूह बी नेपालले कूल ८ खेल खेल्दा दुई जितबाट ६ अंक जोडेको थियो । विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले एसियन कप छनोटको तेस्रो चरणमा पुग्न अब प्लेअफ खेल्नुपर्नेछ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...