इटाली यूरोकपको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली

 लिम्बुवान न्युज
                       

एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा स्विट्जरल्यान्डलाई सहजै पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको छ । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोलमा इटालीले ३–० को जित दर्ता गर्दै इटाली यूरोकप २०२०को अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको हो ।

खेलको २६ औं मिनेटमा इटालीले अग्रता लिएको थियो । डोमेनिको बेरार्डीको कटब्याकमा म्यानुएल लोकाटेलीले ६ यार्ड बक्सभित्र अनमार्क रहेको अवस्थामा गोल गरेका थिए । लोकाटेली आफैंले मिडफिल्डबाट लामो पास निकाल्दै सासुओलोबाट सँगै खेल्दै आएका बेरार्डीलाई बायाँ विंगमा कुदाएका थिए । बेरार्डीले विंगमा मुभ सिर्जना गर्दा मिडफिल्डबाट लगातार कुद्दै पेनाल्टी क्षेत्रभित्र पुगेका लोकाटेलीले सहजै गोल गरेका थिए ।

दोस्रो हाफको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे । निको बरेल्लाको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको प्रहारमा स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरले कुनै प्रतिक्रिया नै दिन सकेनन् । लोकाटेलीले आफ्नो व्यावसायिक करिअरमा एकै खेलमा दुई गोल गरेको यो पहिलो अवसर हो ।

यस्तैगरी ८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३–० को जित पक्का गरे । उनले राफाएल टोलोइको पासमा लामो दुरीबाट गरेको प्रहार गोल भएको थियो ।

इटालीले पछिल्लो १० खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने सिलसिलालाई कायम नै राख्यो । यस जितसँगै इटालीको अपराजित यात्रा पनि २९ खेलमा लम्बिएको छ । इटालीले पछिल्लो १० खेलमा गोल समेत खाएको छैन ।

यस जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक रहेको छ । वेल्स २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डको १ अंक छ । इटालीले समूहको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...