सर्वोच्च अदालतद्वारा ढुंगा, गिटी, बालुवा निकासी कार्यान्वयन नगर्न अन्तरिम आदेश

 लिम्बुवान न्युज
                       

काठमाडौं । सर्वोच्च अदालतले सरकारले आर्थिक बर्ष २०७८/०७९ को बजेटमा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले बजेट बक्तव्यको बुँदा नम्बर १९९ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

गत जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्यको १९९ नम्बर बुँदामा लेखिएको छ, –‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’

हाल नेपालबाट ढुंगा, गिटी र बालुवा निकासी गर्न प्रतिबन्ध छ । तर सरकारले बजेट वक्तव्य मार्फतनै यि नदीजन्य पदार्थ खुला गर्न लागेको भन्दै सर्वोच्च अदालतमा सातवटा रिट परेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार संवैधानिक इजलासले सरकारसँग ढुंगा, गिटी, बालुवा निकासी खुला गर्नुको कारण पनि माग गरेको छ ।

सरकारले ढुंगा, गिटी निकासी खुला गरेर चुरे दोहन गर्न लागेको भन्दै संरक्षणकर्मी र वातावरणविज्ञहरुले पनि विरोध जनाएका थिए । यसैगरी विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा लगायत अन्य साना राजनैतिक दलहरुले पनि विभिन्न समयमा विज्ञप्ति प्रकाशित गर्दै चुरे दोहनको बिरोध गरेका थिए ।

हेर्नुहोस् आदेश

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...