घरभाडा प्रकरणकी सुनार बिरुद्ध नाराबाजी गर्दै आरोपीतलाई शिक्षामन्त्रीले आफ्नै गाडीमा लिएर गए

 लिम्बुवान न्युज
                       

काठमाडाैं। छुवाछुत आरोपमा समातिएकी सरस्वती प्रधानलाई लिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आज झण्डावाला गाडी लिएर महानगरीय प्रहरी वृत सिंहदरबार पुगे । सञ्चारकर्मी रुपा सुनारले आफूलाई दलित भएकै कारण घरमा कोठा नदिएको भन्दै उजुरी हालेपछि पक्राउ परेकी प्रधान तीन दिनदेखि हिरासतमा थिइन् । तर, प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छोड्न भनेपछि उनी रिहा हुँदै थिइन् । उनै सरस्वतीलाई लिन मन्त्री श्रेष्ठ सरकारी गाडी लिएर शानका साथ प्रहरी कार्यालय पुगेका हुन् ।

प्रहरी कार्यालयअगाडि भीडभाड थियो । थुनामुक्त भएकी घरबेटी अनि उनलाई छुटाउन पुगेका शिक्षामन्त्रीको टोली निस्कनासाथ बाहिर भेला भएकाहरूले होहल्ला गर्दै पीडित युवतीविरुद्ध नै नाराबाजी गरे । साइसाइ सुइसुई पार्दै घरबेटीका समर्थकले खुसीयाली मनाए भने शिक्षामन्त्री पनि ठूलै जित मिलेजस्तै हात हल्लाउँदै बाहिरिए । र, सँगसँगै मन्त्रीकै गाडीमा चढेर घरतिर लागिन् आरोपित घरबेटी सरस्वती ।

उनीहरू गाडी चड्नासाथ घरबेटीको समर्थनमा मानिसहरूले हुटिङ गरे । उनीहरू यतिमै रोकिएनन्, ‘रुपा सुनार मुर्दावाद ! रुपा सुनारलाई कारबाही गर’ जस्ता नारा पनि लगाए । यी सबै दृश्यलाई बहालवाला मन्त्रीले मुकदर्शक बनेर हेरे । यसरी मन्त्री स्वयंले छुवाछुत आरोप लागेकी घरबेटीलाई आफ्नो झण्डावाला गाडीमा राखेर घरसम्म पु¥याइदिए ।

महानगरीय प्रहरी वृत सिंहदरबारका अनुसार हिरासतमा लिइएको तीन दिन पुगिसकेकाले शिक्षामन्त्री नआए पनि घरबेटी छुट्ने थिइन् । त्यसमाथि सरकारी वकिल कार्यलयको आदेशअनुसार हाजिरी जमानीमै छोड्ने तयारी प्रहरीको थियो ।

’मन्त्रीज्यू नआउँदा पनि प्रक्रियाअनुसार हाजिरी जमानीमा घरबेटी छुट्थिन्’, महानगरीय प्रहरी वृतका एक अधिकारीले शिलापत्रसँग भने, ‘किन आउनुभएको हो हामीलाई जानकारी भएन । उहाँ आउँदा सामान्य भीड र होहल्ला भएको थियो ।’

घटनालाई लिएर मन्त्री नै छुवाछुतको पक्षधर देखिएको भन्दै सामाजिक संजालमा आलोचना भइरहेको छ । ट्विटरमा विशाल भट्टले शिक्षामन्त्रीले नस्लवादी चरित्र देखाएको टिप्पणी गरेका छन् । ‘शिक्षामन्त्री श्रेष्ठको दबाबमा जातीय छुवाछुत गर्ने घरबेटी थुनामुक्त भइछिन् । समय आएपछि सबैले नस्लवादी चरित्र देखाउने रैछन्’, उनले लेखेका छन् ।

त्यस्तै निर्मल प्रसाईं लेख्छन्, ‘आरोपितलाई मालाले स्वागत गरेको धेरै देखिएको थियो, आजकल मन्त्री आफैँ जेलदेखि घरसम्म पु¥याउन जान लागे । कति फुर्सदिला, कति लाज गुमाएका ?’

नवीन तिवारीले फेसबुकमा लेखेका छन्– विभेद गरेको आरोपितलाई मुलुकको शिक्षामन्त्रीले छुटाएर आफ्नै गाडीमा हालेर लैजान्छ । मेरो समाजको सक्कली रूपको उदाहरण यही हो । (शिलापत्रबाट)

 

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;