युरोकपकाे लिगचरणकाे खेल सकिएसँगै अन्तिम १६ को समीकरण पुरा

 लिम्बुवान न्युज
                       

काठमाडौं, १० असार । समूह चरणका खेलहरु समाप्त भएपछि युरोकप २०२० को नकआउट समीकरण पूरा भएको छ । बुधबार राति भएको समूह ‘इ’; र ‘एफ’को लिगचरणको खेलसँगै नकआउट पुग्ने १६ टोलीकै नाम टुङ्गो लागेको हो ।

समूह ‘एफ’बाट फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै छनोट हुँदा साविकको विजेता पोर्चुगल पनि तेस्रो मध्ये उत्कृष्ट हुँदै नकआउटमा पुगेको हो ।

यसरीनै समूह ‘ई’ बाट स्वीडेन समूह विजेता र स्पेन समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

यसअघि नै समूह ‘ए’ बाट समूह विजेता इटली र उपविजेता वेल्स, समूह ‘बी’बाट समूह विजेता बेल्जियम र उपविजेता डेनमार्क, समूह ‘सी’ बाट समूह विजेता नेदरल्याण्ड्स र उपविजेता अष्ट्रिया त्यसैगरी समूह ‘डी’ बाट इंग्ल्याण्ड र क्रोएसिया अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

यस्तै तेस्रो हुने चार भाग्यमानी टिमहरुमा स्विट्जरल्याण्ड, चेक रिपब्लिक, युक्रेन र पोर्चुगलले पनि अन्तिम १६ मा स्थान पक्का गरेका हुन्् ।

पोर्चुगलले अन्तिम १६ मा विश्व नम्बर बेल्जियमसँग खेल्नेछ भने पूर्व च्याम्पियन जर्मनीले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

उपाधि दाबेदार टिमहरु पोर्चुगल, बेल्जियमसँगै इटली, फ्रान्स र स्पेन एउटा पुलमा छन् । यी टिमहरु मध्ये एक टिम मात्र फाइनलमा पुग्नेछन् । यस्तै जर्मनी, इंग्ल्याण्ड, नेदरल्याण्ड्स अर्को पुलमा छन् । अब प्रिक्वाटरफाइनलका खेलहरु शनिबारदेखि सुरु हुने छ ।

अन्तिम १६ मा को–को भिड्दैछन् त ?

वेल्स भर्सेल डेनमार्क – असार १२ गते
इटली भर्सेस अष्ट्रिया – असार १२ गते

नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक – असार १३ गते
बेल्जियम भर्सेस पोर्चुगल असार – १३ गते

क्रोएसिया भर्सेस स्पेन – असार १४ गते
फ्रान्स भर्सेस स्विट्जरल्याण्ड – असार १४ गते

इंग्ल्याण्ड भर्सेस जर्मनी – असार १५ गते
स्वीडेन भर्सेस युक्रेन – असार १५ गते

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...