युरोकपकाे लिगचरणकाे खेल सकिएसँगै अन्तिम १६ को समीकरण पुरा

 लिम्बुवान न्युज
                       

काठमाडौं, १० असार । समूह चरणका खेलहरु समाप्त भएपछि युरोकप २०२० को नकआउट समीकरण पूरा भएको छ । बुधबार राति भएको समूह ‘इ’; र ‘एफ’को लिगचरणको खेलसँगै नकआउट पुग्ने १६ टोलीकै नाम टुङ्गो लागेको हो ।

समूह ‘एफ’बाट फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै छनोट हुँदा साविकको विजेता पोर्चुगल पनि तेस्रो मध्ये उत्कृष्ट हुँदै नकआउटमा पुगेको हो ।

यसरीनै समूह ‘ई’ बाट स्वीडेन समूह विजेता र स्पेन समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

यसअघि नै समूह ‘ए’ बाट समूह विजेता इटली र उपविजेता वेल्स, समूह ‘बी’बाट समूह विजेता बेल्जियम र उपविजेता डेनमार्क, समूह ‘सी’ बाट समूह विजेता नेदरल्याण्ड्स र उपविजेता अष्ट्रिया त्यसैगरी समूह ‘डी’ बाट इंग्ल्याण्ड र क्रोएसिया अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।

यस्तै तेस्रो हुने चार भाग्यमानी टिमहरुमा स्विट्जरल्याण्ड, चेक रिपब्लिक, युक्रेन र पोर्चुगलले पनि अन्तिम १६ मा स्थान पक्का गरेका हुन्् ।

पोर्चुगलले अन्तिम १६ मा विश्व नम्बर बेल्जियमसँग खेल्नेछ भने पूर्व च्याम्पियन जर्मनीले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

उपाधि दाबेदार टिमहरु पोर्चुगल, बेल्जियमसँगै इटली, फ्रान्स र स्पेन एउटा पुलमा छन् । यी टिमहरु मध्ये एक टिम मात्र फाइनलमा पुग्नेछन् । यस्तै जर्मनी, इंग्ल्याण्ड, नेदरल्याण्ड्स अर्को पुलमा छन् । अब प्रिक्वाटरफाइनलका खेलहरु शनिबारदेखि सुरु हुने छ ।

अन्तिम १६ मा को–को भिड्दैछन् त ?

वेल्स भर्सेल डेनमार्क – असार १२ गते
इटली भर्सेस अष्ट्रिया – असार १२ गते

नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक – असार १३ गते
बेल्जियम भर्सेस पोर्चुगल असार – १३ गते

क्रोएसिया भर्सेस स्पेन – असार १४ गते
फ्रान्स भर्सेस स्विट्जरल्याण्ड – असार १४ गते

इंग्ल्याण्ड भर्सेस जर्मनी – असार १५ गते
स्वीडेन भर्सेस युक्रेन – असार १५ गते

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...