काठमाडौं, ११ असार । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई नेकपा एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै माओवादीका १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
पद रिक्त भएकाहरुमा रौतहट जिल्लाका ७ जनप्रतिनिधि छन् । त्यसैगरी कैलालीका ४ जना छन् भने सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधि रहेका छन् ।
७ असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।
नेकपा माओवादीले दल त्याग गरेकाहरुलाई कारवाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही निर्णयलाई मान्दै दल त्याग गरेका जनप्रतिनिधिहरुलाई कारवाही गरेको निर्णय माओवालीले निर्वाचन आयोगमा पठाएको हो । आयोगले यस अघि केन्द्रीय समितिको बैठकबाट कारवाहीको निर्णय भएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।
त्यसपछि केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको निर्णयलाई औपचारिकता दिएको थियो । सोही दिन माओवादी केन्द्रले निर्वाचन आयोगलाई पद रिक्त भएको सूचना जारी गर्न ताकेता गरेका थिए ।
पद गुमाएका जनप्रतिनिधिहरुः
क्र.सं.
|
पद |
नाम |
स्थानीय तह
|
१.
|
प्रमुख |
रिना कुमारी साह |
मौलापुर न.पा. रौतहट
|
२.
|
प्रमुख |
सियाराम कुशवाहा |
कटहरिया न.पा. रौतहट |
३. |
उप्रमुख |
परनिया देवी |
देवाही गोनाही न.पा. रौतहट
|
४.
|
उप्रमुख |
गौरिशंकर प्रसाद |
मैलापुर न.पा. रौतहट |
५.
|
उप्रमुख |
कान्ति देवी |
फतुवाविजयपुर न.पा. रौतहट |
६. |
उपप्रमुख |
सिमल कुमारी साह |
माधवनारायण न.पा. रौतहट
|
७. |
उपाध्यक्ष |
गितादेवी साह |
यमुनामाई गा.पा. रौतहट
|
८.
|
नगर का.पा. सदस्य |
सतमीलाल दास ताती |
लहान न.पा. सिरहा |
९. |
अध्यक्ष |
शेष फारुक |
सम्सी गा.पा. महोत्तरी
|
१०.
|
उपप्रमुख |
छायाँ देवी देवकोटा |
भजनी न.पा. कैलाली |
११.
|
वडाध्यक्ष |
भागिरथी विष्ट |
गौरीगंगा न.पा.–४, कैलाली
|
१२. |
वडाध्यक्ष |
शर्मानन्द भट्ट |
गोदावरी न.पा.–१, कैलाली
|
१३.
|
वडाध्यक्ष |
पुरन विसी |
बर्दगोरिया न.पा.–४, कैलाली
|
१४.
|
वडाध्यक्ष |
सुरेश कुमार थापा |
चम्पादेवी गा.पा.–७, ओखलढुंगा
|