दमक गोल्डकपलाई निरन्तरता दिने

 लिम्बुवान न्युज
                       

दमक/दमक नगरपालिका खेलकुद समितिले आयोजना गर्ने दमक गोल्डकपलाई निरन्तरता दिने बताइएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा दमक गोल्डकपलाई निरन्तरता दिने भनी उल्लेख गरेको छ । कोभिड १९ का कारण दमक गोल्डकप हुन सकेको थिएन ।

विकिपिडियामा समेत दमक गोल्डकप बारे जानकारी रहेको पाईएको छ । यो शुरुवाती पहिलो बर्ष मात्र संचालन भएको यो गोल्डकप त्यसपछि हुन सकेको छैन । विकिपिडियामा यस गोल्डकपबारे दमक गोल्डकप (Damak Gold Cup) नेपालको झापा जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो भनी उल्लेख गरेको छ ।

यो फुटबल प्रतियोगिता वि.स.२०७५ सालबाट सुरूवाट भएको थियोे । प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब भिडेका थिए । जसमा पुलिसले ०–१ ले मनाङ्लाई पराजित गर्दै पहिलो उपाधि चुमेको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...