कोपा अमेरिका २०२१ को क्वाटरफाइनल समीकरण यस्तो छ

 लिम्बुवान न्युज
                       

एजेन्सी, १५ असार। दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका २०२१ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र उरुग्वेको जितसँगै अन्तिम ८ टोली टुंगो लागेको हो ।

सोमबार भएको समूह ए को अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ ले पराजित गर्यो । कप्तान लिओनेल मेस्सीले २ गोल गर्दा पापु गोमेज र लाउटारो मार्टिनेजले १–१ गोल गरे । यस्तै समूहको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । उरुग्वेको जितमा एडिन्सन काभानीले २१ औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक बनेको हो ।

यस जितसँगै अर्जेन्टिना समूह ए को शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोड्यो । उरुग्वे पनि पाराग्वेमाथि १–० को जित दर्ता गर्दै दोस्रो स्थानमा रहयो । उरुग्वेले ७ तथा पाराग्वेले ६ अंक जोड्यो । ५ अंक जोडेको चिली चौथो स्थानमा रहयो । अर्जेन्टिनासँग पराजित भएका बोलिभिया समुह चरणबाट नै बाहिरिएको छ ।

यसअघि समूह बी मा अपराजित रहेको ब्राजिलले शीर्षस्थान ओगटेको थियो । ब्राजिलले ४ खेलमा १० अंक जोड्दा दोस्रो स्थानको पेरुले ४ खेलमा ७ अंक जोड्यो । कोलोम्बिया ४ खेलमा ४ अंक जोड्दै तेस्रो र इक्वेडर ३ अंककासाथ चौथोमा रहेको थियो । २ अंक जोडेको भेनेजुएला भने समूह चरणबाट नै बाहिरियो ।

अब शनिबारबाट शुरु हुने क्वाटरफाइनलको पहिलो खेलमा पेरु र पाराग्वे सेमिफाइनलको लागि भिड्दै गर्दा साविक विजेता ब्राजिलले त्यसअघि दुई संस्करणमा उपाधि जितेको चिलीको सामना गर्नेछ । उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले इक्वेडरको सामना गर्दा भने उरुग्वेले कोलोम्बियाको सामना गर्दै सेमिफाइनल प्रवेशका लागि भिड्नेछन् । फाइनल खेल जुलाई ११ तारिख आइतबारका दिन हुने छ ।

क्वाटरफाइनल:

३ जुलाई, शनिबार – पेरु विरुद्ध पाराग्वे – विहान २ः४५ बजे – क्वाटरफाइनल १

३ जुलाई, शनिबार – ब्राजिल विरुद्ध चिली – विहान ५ः४५ बजे – क्वाटरफाइनल २

४ जुलाई, आइतबार – उरुग्वे विरुद्ध कोलोम्बिया – विहान ३ः४५ बजे – क्वाटरफाइनल ३

४ जुलाई, आइतबार – अर्जेन्टिना विरुद्ध इक्वेडर – विहान ६ः४५ बजे – क्वाटरफाइनल ४

सेमिफाइनल:

६ जुलाई, मंगलबार – क्वाटरफाइनल १ विजेता विरुद्ध क्वाटरफाइनल २ विजेता – विहान ४ः४५ बजे

७ जुलाई, बुधबार – क्वाटरफाइनल ३ विजेता विरुद्ध क्वाटरफाइनल ४ विजेता – विहान ६ः४५ बजे

तेस्रो स्थान:

१० जुलाई, शनिबार – सेमिफाइनलमा पराजित टोली – विहान ५ः४५ बजे

फाइनल:

११ जुलाई, आइतबार – सेमिफाइनलका विजेता हरु – विहान ५ः४५ बजे

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...