कोपा अमेरिका २०२१ को क्वाटरफाइनल समीकरण यस्तो छ

 लिम्बुवान न्युज
                       

एजेन्सी, १५ असार। दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका २०२१ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र उरुग्वेको जितसँगै अन्तिम ८ टोली टुंगो लागेको हो ।

सोमबार भएको समूह ए को अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ ले पराजित गर्यो । कप्तान लिओनेल मेस्सीले २ गोल गर्दा पापु गोमेज र लाउटारो मार्टिनेजले १–१ गोल गरे । यस्तै समूहको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । उरुग्वेको जितमा एडिन्सन काभानीले २१ औं मिनेटमा गरेको पेनाल्टी गोल नै निर्णायक बनेको हो ।

यस जितसँगै अर्जेन्टिना समूह ए को शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्जेन्टिनाले ४ खेलमा ३ जित र १ बराबरीसँगै १० अंक जोड्यो । उरुग्वे पनि पाराग्वेमाथि १–० को जित दर्ता गर्दै दोस्रो स्थानमा रहयो । उरुग्वेले ७ तथा पाराग्वेले ६ अंक जोड्यो । ५ अंक जोडेको चिली चौथो स्थानमा रहयो । अर्जेन्टिनासँग पराजित भएका बोलिभिया समुह चरणबाट नै बाहिरिएको छ ।

यसअघि समूह बी मा अपराजित रहेको ब्राजिलले शीर्षस्थान ओगटेको थियो । ब्राजिलले ४ खेलमा १० अंक जोड्दा दोस्रो स्थानको पेरुले ४ खेलमा ७ अंक जोड्यो । कोलोम्बिया ४ खेलमा ४ अंक जोड्दै तेस्रो र इक्वेडर ३ अंककासाथ चौथोमा रहेको थियो । २ अंक जोडेको भेनेजुएला भने समूह चरणबाट नै बाहिरियो ।

अब शनिबारबाट शुरु हुने क्वाटरफाइनलको पहिलो खेलमा पेरु र पाराग्वे सेमिफाइनलको लागि भिड्दै गर्दा साविक विजेता ब्राजिलले त्यसअघि दुई संस्करणमा उपाधि जितेको चिलीको सामना गर्नेछ । उपाधि दाबेदार मानिएको अर्जेन्टिनाले इक्वेडरको सामना गर्दा भने उरुग्वेले कोलोम्बियाको सामना गर्दै सेमिफाइनल प्रवेशका लागि भिड्नेछन् । फाइनल खेल जुलाई ११ तारिख आइतबारका दिन हुने छ ।

क्वाटरफाइनल:

३ जुलाई, शनिबार – पेरु विरुद्ध पाराग्वे – विहान २ः४५ बजे – क्वाटरफाइनल १

३ जुलाई, शनिबार – ब्राजिल विरुद्ध चिली – विहान ५ः४५ बजे – क्वाटरफाइनल २

४ जुलाई, आइतबार – उरुग्वे विरुद्ध कोलोम्बिया – विहान ३ः४५ बजे – क्वाटरफाइनल ३

४ जुलाई, आइतबार – अर्जेन्टिना विरुद्ध इक्वेडर – विहान ६ः४५ बजे – क्वाटरफाइनल ४

सेमिफाइनल:

६ जुलाई, मंगलबार – क्वाटरफाइनल १ विजेता विरुद्ध क्वाटरफाइनल २ विजेता – विहान ४ः४५ बजे

७ जुलाई, बुधबार – क्वाटरफाइनल ३ विजेता विरुद्ध क्वाटरफाइनल ४ विजेता – विहान ६ः४५ बजे

तेस्रो स्थान:

१० जुलाई, शनिबार – सेमिफाइनलमा पराजित टोली – विहान ५ः४५ बजे

फाइनल:

११ जुलाई, आइतबार – सेमिफाइनलका विजेता हरु – विहान ५ः४५ बजे

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...