६ असार, काठमाडौं । युरोकप २०२० को मंगलबार राति सम्पन्न दुई खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति जर्मनी र स्वीडेनले हार व्यहोर्दै क्वाटरफाइनल पुग्ने ८ वटै देशको टुङ्गो लागेको हो ।
मंगलबार राती भएको पहिलो खेलमा इंग्ल्याण्डले जर्मनीलाई २–० ले र अन्तिम खेलमा युक्रेनले स्वीडेनलाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

यो सँगै क्वाटरफाइनलको समीकरण पनि तय भएको छ । अब क्वाटरफाइनलमा स्विट्जरल्याण्डले स्पेनसँग, बेल्जियमले इटलीसँग खेल्नेछ भने चेक रिपब्लिकले डेनमार्कसँग र इंग्ल्याण्डले क्वाटरफाइनलमा युक्रेनसँगै भिड्नेछ ।
साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने यूरोकप २०२०को अन्तिम १६ बाटै आउट भएका छन् ।
यूरोकप २०२० को क्वाटरफाइनलका खेलहरु जुलाई २ यहि शुक्रबार देखि सुरु हुनेछ ।
क्वाटरफाइनल खेल तालिका हेर्नुहोस्ः
– स्विट्जरल्याण्ड भर्सेस स्पेन : जुलाई २ (असार १८ गते), ९ः४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस)
– बेल्जियम भर्सेस इटली : जुलाई २ (असार १९ गते), १२ः४५ बजे (म्युनिक, जर्मनी)
– चेक रिपब्लिक भर्सेस डेनमार्क : जुलाई ३ (असार १९ गते), ९ः४५ बजे (बाकु, अजरवैजान)
– युक्रेन भर्सेस इंग्ल्याण्ड : जुलाई ३ (असार २० गते), १२ः४५ बजे (रोम, इटली)