राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जना कारागार चलान

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, १७असार। सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले बुधबार उनीहरूलाई कारागार चलान गर्न आदेश दिएको हो ।

सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोखरेलले जानकारी दिएका छन् ।

ती युवाहरूले राउटे समुदाय दुई युवतीलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । त्यसलगत्तै उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनाविरुद्ध मानव ओसारपसार, यौन दुव्र्यवहार गरेको र जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...