अर्बपति रिचार्ड ब्रान्सन आफ्नै जहाज चढेर अन्तरिक्षमा यात्रा गर्ने पहिलो व्यक्ति

 लिम्बुवान न्युज
                       

एजेन्सी। बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका मालिक रिचार्ड ब्रान्सन आफ्नै लगानीको रकेटमा चढेर अन्तरिक्षको यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन् ।

उनको कम्पनी भर्जिन ग्यालाक्टिकले निर्माण गरेको सुपरसोनिक स्पेस जहाज आइतबार बिहान अमेरिकाको न्यु मेक्सिकोबाट ब्रान्सन र अन्य ३ जना यात्रुलाई लिएर अन्तरिक्ष उडानमा निस्किएको थियो ।

उक्त जहाजमा ब्रान्सनसँगै कम्पनीका ३ अन्य कर्मचारी बेथ मोसेस, कोलिन बेन्नेट र सिरिसा बन्दला दिए । त्यस्तै डेभ म्याके र माइकल मासुस्सीले उत्त जहाज उडाएका थिए ।

स्पेसशिप टू नामक उक्त सिंगल रकेट मोटर जहाज निर्माणका लागि कम्पनीले २ दशकको अथक मिहिनेत लगाएको थियो । उक्त जहाज पृथ्वीभन्दा ८५ किलोमिटर उचाइँमा पुगेर केहीबेर तौलविहीनतामा अडिएको थियो । त्यतिबेला जहाजका यात्रुहरुले पृथ्वी र अन्तरीक्षको प्यानोरामिक दृश्य हेर्न पाएका थिए ।

उक्त सुक्ष्म गुरुत्वाकर्षण क्षेत्रमा तौलविहीनता अनुभव गरिरहँदा ब्रान्सनले जहाजको क्यामरा प्रयोग गरी सन्देश दिए– त्यहाँ भएका सबै बच्चाहरु । म कुनैबेला आकाशका तारा हेरिरहने सपना बोकेको बच्चा थिएँ । अहिले म वयस्क छु र अन्तरिक्षयानमा छु । यदि हामीले यो गर्न सक्छौँ भने कल्पना गर्नुहोस् तर तपाईंले के गर्न सक्नुहुन्छ ।

ब्रान्सनले आफ्नो जिवनकालकै सवोत्कृष्ट अनुभव भएको बताएका छन् ।

अन्तरिक्ष जहाजमा पृथ्वीबाट उडेको एक घण्टामै उनी सकुसल पृथ्वीमा अवतरण गरेका थिए ।

योसँगै आफ्नै साधनबाट अन्तरिक्ष पर्यटनको सुरुआत गर्ने अर्बपतिहरुमा ब्रान्सन अग्रणी बनेका छन् । स्मरण रहोस् आगामी जुलाई २० मा आफ्नै कम्पनीको रकेटबाट अन्तरिक्ष यात्रामा जाँदैछन् । रकेट बनाउने कम्पनी स्पेस एक्सका सीईओ एलन मस्कले भने अन्तरिक्ष यात्राको कुनै योजना सार्वजनिक गरेका छैनन् ।

आगामी वर्षदेखि व्यवसायिक रुपमा अन्तरिक्ष पर्यटन शुरु गर्ने र त्यसका लागि टिकट बिक्री सुरु गर्ने योजना भर्जिन ग्यालाक्टिकको रहेको छ । हालसम्म झण्डै ६ सय व्यक्तिले उक्त कम्पनीमा अन्तरिक्ष यात्राको टिकट खरीदका लागि अग्रिम भुक्तानी गरिसकेको बताइएको छ । भर्जिन ग्यालाक्टिकको जहाजबाट अन्तरिक्ष यात्राका लागि अढाइ लाख डलरको टिकट खरीद गर्नुपर्नेछ ।

सम्बन्धित समाचार

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज हुने सङ्केत

दमक, १६ जेठ । ताप्लेजुङको मुकुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केवलकार परियोजना खारेजी हुने संकेत देखिएको छ। नेपाल सरकारले परियोजनालाई अगाडि नबढाउने तयारी गरिरहेको चर्चा अहिले व्यापक बनेको छ। सन् २०१५ मा "पाथीभरा देवी दर्शन...

माङसेबुङ ‘लिम्बु भाषा’लाई सरकारी कामकाजी भाषा घोषणा गर्ने बन्यो पहिलो पालिका

दमक, १५ जेठ । प्रदेश नं. १ को इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा घोषणा गरेको छ । मंगलबार पालिका प्राङ्गणमा एक कार्यक्रमकाको आयोजना गर्दै पालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी...

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...