अर्बपति रिचार्ड ब्रान्सन आफ्नै जहाज चढेर अन्तरिक्षमा यात्रा गर्ने पहिलो व्यक्ति

,   लिम्बुवान न्युज
                       

एजेन्सी। बेलायती अर्बपति तथा भर्जिन ग्यालाक्टिक कम्पनीका मालिक रिचार्ड ब्रान्सन आफ्नै लगानीको रकेटमा चढेर अन्तरिक्षको यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन् ।

उनको कम्पनी भर्जिन ग्यालाक्टिकले निर्माण गरेको सुपरसोनिक स्पेस जहाज आइतबार बिहान अमेरिकाको न्यु मेक्सिकोबाट ब्रान्सन र अन्य ३ जना यात्रुलाई लिएर अन्तरिक्ष उडानमा निस्किएको थियो ।

उक्त जहाजमा ब्रान्सनसँगै कम्पनीका ३ अन्य कर्मचारी बेथ मोसेस, कोलिन बेन्नेट र सिरिसा बन्दला दिए । त्यस्तै डेभ म्याके र माइकल मासुस्सीले उत्त जहाज उडाएका थिए ।

स्पेसशिप टू नामक उक्त सिंगल रकेट मोटर जहाज निर्माणका लागि कम्पनीले २ दशकको अथक मिहिनेत लगाएको थियो । उक्त जहाज पृथ्वीभन्दा ८५ किलोमिटर उचाइँमा पुगेर केहीबेर तौलविहीनतामा अडिएको थियो । त्यतिबेला जहाजका यात्रुहरुले पृथ्वी र अन्तरीक्षको प्यानोरामिक दृश्य हेर्न पाएका थिए ।

उक्त सुक्ष्म गुरुत्वाकर्षण क्षेत्रमा तौलविहीनता अनुभव गरिरहँदा ब्रान्सनले जहाजको क्यामरा प्रयोग गरी सन्देश दिए– त्यहाँ भएका सबै बच्चाहरु । म कुनैबेला आकाशका तारा हेरिरहने सपना बोकेको बच्चा थिएँ । अहिले म वयस्क छु र अन्तरिक्षयानमा छु । यदि हामीले यो गर्न सक्छौँ भने कल्पना गर्नुहोस् तर तपाईंले के गर्न सक्नुहुन्छ ।

ब्रान्सनले आफ्नो जिवनकालकै सवोत्कृष्ट अनुभव भएको बताएका छन् ।

अन्तरिक्ष जहाजमा पृथ्वीबाट उडेको एक घण्टामै उनी सकुसल पृथ्वीमा अवतरण गरेका थिए ।

योसँगै आफ्नै साधनबाट अन्तरिक्ष पर्यटनको सुरुआत गर्ने अर्बपतिहरुमा ब्रान्सन अग्रणी बनेका छन् । स्मरण रहोस् आगामी जुलाई २० मा आफ्नै कम्पनीको रकेटबाट अन्तरिक्ष यात्रामा जाँदैछन् । रकेट बनाउने कम्पनी स्पेस एक्सका सीईओ एलन मस्कले भने अन्तरिक्ष यात्राको कुनै योजना सार्वजनिक गरेका छैनन् ।

आगामी वर्षदेखि व्यवसायिक रुपमा अन्तरिक्ष पर्यटन शुरु गर्ने र त्यसका लागि टिकट बिक्री सुरु गर्ने योजना भर्जिन ग्यालाक्टिकको रहेको छ । हालसम्म झण्डै ६ सय व्यक्तिले उक्त कम्पनीमा अन्तरिक्ष यात्राको टिकट खरीदका लागि अग्रिम भुक्तानी गरिसकेको बताइएको छ । भर्जिन ग्यालाक्टिकको जहाजबाट अन्तरिक्ष यात्राका लागि अढाइ लाख डलरको टिकट खरीद गर्नुपर्नेछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;