ताप्लेजुङमा झुटा मुद्दामा पक्राउ परेका लिम्बुवान नेता पोमू छुटे

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्, ३१ असार । झुटा मुद्दामा पक्राउ गरिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका सचिवालय सदस्य नविन पोमू रिहाई भएका छन् । गत असार ७ गते आठराईत्रिवेणी १ बाट पक्राउ परेका पोमू जिल्ला प्रशासन कार्यक्रमबाट आज (शुक्रबार) रिहाई भएका हुन् ।

मञ्चको जिल्ला कार्य समिति ताप्लेजुङ्ले झुटा मुद्दा लगाई पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहाइको माग गरेको थियो । ताप्लेजुङको आठराईत्रिवेणी १ स्थित परम सिंह मा बि निघुरादिनमा भएको सामान्य वादविवादलाई लिएर नेता लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी सो घटनामा पोमू सहित जिल्ला सदस्य तथा निर्वाचित वडा सदस्य मल्लराज पोमू, जिल्ला सदस्य अजय पोमू लगायत स्थानीय मजदुरहरुलाई समेत पक्राउ गर्ने आदेश थियो ।

गाउँपालिकाका कर्मचारीहरुले एक विज्ञप्ति मार्फत नेता लिम्बु लगायत मजदुरहरुले स्कुल निर्माण कार्य भईरहेको भवन अनुगमन गर्न जाने क्रममा इन्जिनियर र सव इन्जिनियर माथि कुटपिट गरि ज्यानमार्ने उद्योग गरेको भन्ने आरोप लगाएका थिए ।

कर्मचारीहरुले पहिचान नखुलाई किर्ते हस्ताक्षर प्रयोग गरि स्थानीय सरकार र केही राजनीतिक दलले राजनीतिक प्रतिशोध साँध्न आफूमाथि झुठो मुद्दा लगाईएको नेता लिम्बुले हिसातमुक्त हुने क्रममा बताएका छन् । घटना घटेकै दिन पिढित भनिएका द्वय कर्मचारीहरु स्वयमले सामान्वय वादविवाद भएकोमा मेलमिलाप गर्न खोजेको तर यसै विवादलाई अझ अतिरन्जित गरेर फसाईको नेता पोमूले भनेका छन् ।

यसैगरी मञ्चका सचिवालय सदस्य मुक्साम लाबु्ङले झुटा मुद्दा लगाई लिम्बुवान आन्दोलनलाई समाप्त पार्ने षडयन्त्रकारी, प्रतिक्रियावादीहरुले ताप्लेजुङ्मा ठूलो मुल्य चुकाउनु पर्ने जिकीर गरेका छन् । उनले भने– सामान्य छत ढलाईको विषयमा भएको विवादलाई अतिरञ्जित बनाउने काम भएको छ । त्यो हाम्रो लागि सह्य छैन ।

आरोपी नेता पोमू प्रहरी हिरासतबाट २३ दिनपछि हिरासत मुक्त भएका छन् ।

 

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;