ताप्लेजुङमा झुटा मुद्दामा पक्राउ परेका लिम्बुवान नेता पोमू छुटे

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्, ३१ असार । झुटा मुद्दामा पक्राउ गरिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका सचिवालय सदस्य नविन पोमू रिहाई भएका छन् । गत असार ७ गते आठराईत्रिवेणी १ बाट पक्राउ परेका पोमू जिल्ला प्रशासन कार्यक्रमबाट आज (शुक्रबार) रिहाई भएका हुन् ।

मञ्चको जिल्ला कार्य समिति ताप्लेजुङ्ले झुटा मुद्दा लगाई पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहाइको माग गरेको थियो । ताप्लेजुङको आठराईत्रिवेणी १ स्थित परम सिंह मा बि निघुरादिनमा भएको सामान्य वादविवादलाई लिएर नेता लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी सो घटनामा पोमू सहित जिल्ला सदस्य तथा निर्वाचित वडा सदस्य मल्लराज पोमू, जिल्ला सदस्य अजय पोमू लगायत स्थानीय मजदुरहरुलाई समेत पक्राउ गर्ने आदेश थियो ।

गाउँपालिकाका कर्मचारीहरुले एक विज्ञप्ति मार्फत नेता लिम्बु लगायत मजदुरहरुले स्कुल निर्माण कार्य भईरहेको भवन अनुगमन गर्न जाने क्रममा इन्जिनियर र सव इन्जिनियर माथि कुटपिट गरि ज्यानमार्ने उद्योग गरेको भन्ने आरोप लगाएका थिए ।

कर्मचारीहरुले पहिचान नखुलाई किर्ते हस्ताक्षर प्रयोग गरि स्थानीय सरकार र केही राजनीतिक दलले राजनीतिक प्रतिशोध साँध्न आफूमाथि झुठो मुद्दा लगाईएको नेता लिम्बुले हिसातमुक्त हुने क्रममा बताएका छन् । घटना घटेकै दिन पिढित भनिएका द्वय कर्मचारीहरु स्वयमले सामान्वय वादविवाद भएकोमा मेलमिलाप गर्न खोजेको तर यसै विवादलाई अझ अतिरन्जित गरेर फसाईको नेता पोमूले भनेका छन् ।

यसैगरी मञ्चका सचिवालय सदस्य मुक्साम लाबु्ङले झुटा मुद्दा लगाई लिम्बुवान आन्दोलनलाई समाप्त पार्ने षडयन्त्रकारी, प्रतिक्रियावादीहरुले ताप्लेजुङ्मा ठूलो मुल्य चुकाउनु पर्ने जिकीर गरेका छन् । उनले भने– सामान्य छत ढलाईको विषयमा भएको विवादलाई अतिरञ्जित बनाउने काम भएको छ । त्यो हाम्रो लागि सह्य छैन ।

आरोपी नेता पोमू प्रहरी हिरासतबाट २३ दिनपछि हिरासत मुक्त भएका छन् ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...