लिम्बुवान नेता साम्सुहाङको ७४ बर्षको उमेरमा निधन

 लिम्बुवान न्युज
                       

शिवसताक्षी, १ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका संघीय तथा केन्द्रीय सदस्य होम कुमार साम्सुहाङकाे निधन भएको छ । ७४ बर्षीय साम्सुहाङकाे उपचारको क्रममा झापाको विर्तामोडस्थित बि एण्ड सि अस्पतालमा शुक्रबार साँझ ११ बजे निधन भएको हो ।

उनी लामो समय देखि मृगौला खराब भई उपचाररत थिए । २०६२/०६३ को जनआन्दोलन पश्चात उठेको पहिचानको आन्दोलनसँगै पूर्वमा उठेको लिम्बुवान आन्दोलनमा सरिक भई विभिन्न मोर्चाहरुमा समेत सक्रिय रहेका साम्सुहाङ् नेतपाली कांग्रेसको राजनीति त्यागेर मञ्चले अवलम्बन गरेको पहिचान र लिम्बुवानको राजनीतिमा सक्रिय भएका थिए ।

ताप्लेजुङको चाक्सिबोटे ७ कातिकेमा २००४ सालमा जन्मिएका उनी पछिल्लो समय झापा शिवसताक्षीका स्थायी रुपमा बसोबास गर्दै आउनु भएको थियो । लिम्बुवान मञ्चको क्षेत्रीय सभापति बाट पहिचान समिति सदस्य हुुँदै संघीय तथा प्रान्तीय मञ्चको केन्द्रीय सदस्य बनेका लिम्बुका ३ छोरा र ४ छोरीका धनी थिए ।

सामाजिक व्यक्तित्व, अत्यन्तै मिलनसार, लिम्बुवान सहितको १०+१ प्रान्तको राजनीतिमा सधै क्रियाशिल रहनुहुने नेताको निधनले अपुरणीय क्षति पुगेको मञ्चका उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्ले बताए । उनको आजै कन्काई माई नजिकै दुमुखामा किरात धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...