पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले दोस्रो पटक विघटित प्रतिनिधिसभालाई पुनःस्थापना गरेपछि आज(आइतबार) बस्ने पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी भएको हो ।

पुनःस्थापित प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणमा कार्यसूची सम्पन्न गरिने छ भने त्यसपछिको दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको सचिवालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवा सर्वोच्चको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिन भित्र संविधानअनुसार विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

बालुवाटार स्रोतका अनुसार विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यव्यवस्था समितिको बैठकमा आजै लिएर जाँदैछन् । सो कार्यव्यवस्थाको बैठकले प्रस्तावलाई बैठकमा टेबुल गर्ने निर्णय गरे आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । केही बेरमा नै कार्यव्यवस्था समितिको बैठक बस्दैछ । आजै विश्वासको मत लिने सम्भावना बढेर गएको संसद स्रोतको दावी रहेको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

;