इन्स्टाग्राममा रोनाल्डोलाई पछि पार्दै मेस्सीको नयाँ किर्तीमान

 लिम्बुवान न्युज
                       

काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएका छन् । सामाजिक संचाजलमा उपाधि जितेपछि उनले राखेको फोटोमा सबैभन्दा बढी लाइक आएसँगै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

स्टार खेलाडी मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेपछि राखेको फोटोमा २ करोडभन्दा बढी लाइक्स आएको छ । यो हालसम्मकै सर्वाधिक लाइक्स गरिएको फोटो हो ।

उक्त तस्बिरमा मेस्सीले एक्लै बसेर सिल समातेका छन् । यस्तै ग्रुपका तस्बिरले भने ११ मिलियन लाइक पाएको छ । २८ बर्षपछि हालैमात्र मेस्सीको नेतृत्वमा अर्जेन्टिनालाई २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको छ । यो जितसँगै सन्यास लिईसकेपछि पुनरागमन भई अन्तर्राष्ट्रिय उपाधी जित्ने खेलाडी समेत बनेका छन् ।

यसअघि सर्वाधिक धेरै लाइक गरिएको फोटोमा रोनाल्डोले पोष्ट गरेको फोटोलाई मानिएको छ । रोनाल्डोले गतवर्षको नोभेम्बर २५ मा महान फुटबलर म्याराडोनालाई श्रद्धाञ्जली दिँदै एउटा फोटो राखेका थिए त्यो फोटोले इन्स्टाग्राममा १ करोड ९८ लाख लाइक पाएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...