प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट पाए विश्वासको मत

 लिम्बुवान न्युज
                       

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत पाएका छन् । आज (आइतबार) राती प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ ।

विश्वासको मतको विपक्षमा भने ८३ मत मात्र खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए भने एक जना तटस्थ बसेका थिए ।

देउवलाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् ।

राप्रपा तटस्थ बस्दा नेपाल मजदुर किसान पार्टीे भने मतदानमा सहभागी भएको थिएन ।

अपराह्न ४ बजे सुरु भएको बैठकको पहिलो चरणमा राष्ट्रपति कार्यालयका पत्रहरू वाचन गरिनुका साथै सरकारले गरेका विभिन्न निर्णयहरू र अध्यादेशबारे सभामुख अग्नि सापकोटाले सदनलाई सूचना दिएका थिए ।

१५ मिनेट रोकिएर बसेको दोस्रो चरणको बैठकमा एमालेका प्रदीप ज्ञवाली, काँग्रेसका डा. मिनेन्द्र रिजाल, माओवादीका प्रचण्ड, जसपाका महन्थ ठाकुर र बाबुराम भट्टराईका साथै राप्रपाका राजेन्द्र लिङदेन, जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले संसदमा मन्तव्य दिएका थिए ।

पाँच घण्टा लामो बहस पश्चात प्रधानमन्त्री देउवाले विश्वासको मत पाएका छन् । जसपाका नेता रेशम चौधरीको रिहाई गर्ने लगायतको छलफल पछि जसपाको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । यसैगरी ओली पक्षका चार सांसदले समेत प्रधानमन्त्रीलाई विश्वासको मत थिएका थिए ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;