टोकियो ओलम्पिकको जापानमा भव्य उद्घाटन

 लिम्बुवान न्युज
                       

काठमाडाैं/ चार पटककी ग्रान्ड स्लाम टेनिस विजेता जापानी खेलाडी नाओमी ओशाकाले दीप प्रज्वलन गरेसँगै २०२० टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको टोली रंगशाला छिरेसँगै उद्घाटन समारोह सुरु भएको थियो । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार हो ।

उद्घाटन समारोहमा कोभिड १९ बाट प्रताडित भएका मानिस तथा १९७२ को म्युनिख ओलम्पिकमा ज्यान गुमाउने ओलम्पियनहरुप्रति सम्मान प्रकट गर्न मौनधारण गरिएको थियो ।

यसपटकको ओलम्पिक उद्घाटन समारोहमा केही सिमित व्यक्तिहरुमात्रै दर्शक दिर्घामा उपस्थित थिए । फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन र अमेरिकी प्रथम महिलालगायत भिभिआईपीसहित केही सिमित पाहुनामात्रै रंगशालामा उपस्थित थिए । ६८ हजार दर्शक क्षमताको यस रंगशालामा सर्वसाधारणलाई भने प्रवेश दिइएको छैन ।

कोरोना भाइरस महामारीका कारण यसरी दर्शकहरुलाई रंगशालाबाहिरै राख्न आयोजक बाध्य भएको हो । टोकियो शहरमा शनिबार १३ सयभन्दा धेरैमा संक्रमण देखिएको थियो । ओलम्पिकसँग सम्बन्धित १ सयभन्दा धेरै व्यक्तिमा संक्रमण देखिएको छ । २४ अगस्टसम्म सञ्चालन हुने ओलम्पिक खेलमा विश्वभरबाट झन्डै ११ हजार खेलाडीहरु सहभागी छन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्स शाह, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरी रहेकी छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...