आजबाट सुचारु भयो लामो र मध्यम दुरीका सार्वजनिक यातायात

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ९ साउन । आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौले स्वास्थ्य मापदण्ड पु¥याएर सञ्चालन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आजैदेखि लामो र मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्ने सूचना जारी गरेको थियो ।

प्रशासनले यात्रुलाई अनिवार्य रुपमा काउन्टरबाट मात्र टिकट लिएर यात्रा गर्न अनुरोध गरेको छ भने यातायात व्यवसायीहरुलाई पनि स्वास्थ्य मापदण्ड पालना गराउन निर्देशन दिएको छ । कोरोनाका कारण सार्वजनिक यातायात सहज रुपले संचालनमा आएको थिएन । यात्रुको स्वास्थ्यलाई मध्यजनर गर्दै सवारी चलाउन प्रशासनले भनेको छ ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...