अध्यक्ष ठाकुरलाई भीष्मपितामहको संज्ञा

 लिम्बुवान न्युज
                       

निलम्बित सांसद रेशम चाैधरी

काठमाडौं, ११ साउन । निलम्बित प्रतिनिधिसभा सदस्य तथा जसपाका कार्यकारिणी सदस्य रेशम चौधरीले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपितामहको संज्ञा दिएका छन् । आफू हार्ने निश्चित हुँदाहुँदैपनि ठाकुरले केपी ओलीलाई सघाएको स्मरण गर्दै वास्तवमा उनीे भीष्मपितामह भएको टिप्पणी गरे ।

‘महाभारतको युद्धमा भिष्मपितामहलाई थाहा थियो तर पनि उनी दुर्योधनको पक्ष लिएर लडाइँ लड्न बाध्य भए,’ निर्वाचन आयोग परिसरबाट बाहिरिने क्रममा भने, युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो । तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो ।’ तत्कालीन अवस्थामा केपी ओलीलाई सघाउने कि विपक्षी गठबन्धनलाई सघाउने भन्ने विषयमा विवाद हुँदा नै पार्टी अहिलेको अवस्थामा आएको सन्दर्भमा चौधरीले यस्तो टिप्पणी गरेका हुन् ।

यस्तै चौधरीले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा एउटा पक्षले जित्ने निश्चित हुँदाहुँदै पनि आफू तटस्थ बसेको बताउँदै पार्टी अध्यक्ष महन्थ ठाकुरलाई सघाउन नसकेको भन्दै क्षमायाचना गरे । आफ्नो लागि पक्ष र विपक्ष दुवै जसपा पार्टी भएकाले तटस्थ बस्ने निर्णय लिएको उनको प्रतिक्रिया थियो ।

‘आज जेलबाट यस निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन’, उनले भने, ‘मेरो लागि पक्ष जसपा हो, विपक्ष पनि जसपा हो । म जसपाको एउटा कार्यकर्ता हुँ ।’

उनले आफ्नो मुद्दामा पार्टीले गम्भीरता नदेखाएको पनि गुनासो पोख्न भ्याए । ‘आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ । मेरो मुद्दामा मेरो पार्टी कतिको लडिरहेको छ त्यो उहाँहरूको दृष्टिकोण होला’, उनको भनाइ थियो । तर न्यायको लागि हारगुहार गरिरहँदा पनि कसैले नसुकेको उनको कटाक्ष थियो । उनले आक्रोश पोख्ने क्रममा छोटो कविता नै सुनाउन पुगेका थिए ।

महन्थ ठाकुरलाई आफूले निकै सम्मान गरे पनि महाभारतको युद्ध जस्तै ‘एउटा निष्ठा र युद्धको नियमका कारण’ सघाउन नसकेको उनको भनाइ थियो ।

चौधरीको भनाइ जस्ताको तस्तैः

म पार्टीको बफादार सिपाही र इमान्दार कार्यकर्ता हो । म जनता समाजवादी पार्टीबाट सदस्य भएर निर्वाचन लडेको हुँ । त्यसैअनुसार कैलाली जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित पनि भएँ । म तीन वटा कुरा तपाईंहरुसामु भनेर जान चाहन्छु ।

एउटा कुरा मेरो दुईटा अध्यक्षलाई र विशेषतः जो साथीले म विजय प्राप्त गरेको छु भनेर भन्नु भएको छ, त्यो वर्गलाई पनि मेरो एउटा सुझाव छ –महाभारतको युद्धमा भिष्मपितामहलाई थाहा थियो तर पनि उनी दुर्योधनको पक्ष लिएर लडाइँ लड्न बाध्य भए ।

युधिष्ठिर र अर्जुनले युद्ध जित्छन् भन्ने उहाँलाई थाहा थियो । तथापि उहाँ दुर्योधनको पक्षमा उभिनुभयो । युद्ध हुन्जेलसम्म अर्जुनले हानेको बाँणले भीष्मपितामह लड्नुभयो र युद्ध हुन्जेलसम्म हरेक दिन अर्जुन युद्ध सकिएपछाडि पनि भीष्मपितामहलाई सोध्न जानुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘मैले तपाईँलाई बाँण हान्न नहुने तर एउटा निष्ठाका कारण युद्धको नियमका कारणले मैले तपाईँलाई बाँण हान्नुपथ्र्यो क्षमा पाउँ भिष्मपितामह’ भनेर भन्नुहुन्थ्यो ।

मेरो पार्टीमा मेरा अध्यक्ष महोदयहरूमा अत्यन्त श्रद्धेय लाग्छ, महन्थ ठाकुर । उहाँ अत्यन्त आदर्श र सम्मानको पात्र हुनुहुन्छ । कसैले एक पक्षले बाजी मार्ला कसैले हार्ला तर जिन्दगीभरी कमाएको निष्ठाको लागि म महन्थ ठाकुरप्रति भीष्मपितामहको एउटा दर्जा दिन्छु । उहाँकहाँ गएर सबैले मैले के गर्नुपर्छ, मैले जितिनँ, हामी मिल्नुपर्छ, हामी एक हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ ।

आज जेलबाट यस निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष जसपा हो, विपक्ष पनि जसपा हो । म जसपाको एउटा कार्यकर्ता हुँ । आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ । मेरो मुद्दामा मेरो पार्टी कतिको लडिरहेको छ त्यो उहाँहरूको दृष्टिकोण होला ।

अर्को कुरा, (कवितात्मक शैलीमा)

कठघरामा उभिएर जति सत्य बके पनि

न्याय पाउँ भन्दै हजुर सयौँ पटक झुके पनि

निरीह ठान्दा रहेछन् शीर निहुराएपछि

दोषी ठहराउँदा रैछन् चुप लागेर बसेपछि

श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन

दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन

अर्को तीन वटा प्वाइन्ट, एक न्याय, दुई न्याय, तीन न्याय !

(राताेपाटीबाट)

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;