फिफा वरियतामा नेपाल १६८औं स्थानमा उक्लियो

 लिम्बुवान न्युज
                       

काठमाडौं । फिफा वरियतामा नेपालले तीन स्थान माथि उक्लिदै सुधार गरेको छ । बिहीबार वरियता सार्जनिक गर्दै यसअघि १ सय ७१ औं स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरियतामा १ सय ६८औं स्थानमा उक्लिएको हो ।

जेठमा नेपालले विश्व कप तथा एसियन कप छनोटका बाँकी ३ खेल र त्यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । इराकसँग उसकै मैदानमा नेपाली टोली ६–२ ले पराजित भएको थियो । विश्व कप छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको नेपाल त्यसपछिका दुई खेलमा जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो ।

दक्षिण एसियाली राष्ट्रहरु भारत शीर्षस्थानमा रहेको छ । भारत फिफा वरियताको १ सय पाँचौं स्थानमा छ । त्यस्तै माल्दिभ्स १ सय ५८ औं स्थानमा छ । नेपाल भन्दा पछि भुटान १ सय ८७ औं, बंगलादेश १ सय ८८ औं, पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय पाँचौं स्थानमा रहेको छ ।

बेल्जियम फिफा वरियताको शीर्षस्थानमा यथावत रहेको छ । त्यसैगरी ब्राजिल दोस्रो, विश्व कप विजेता फ्रान्स तेस्रो, युरो २०२० को उपविजेता इंग्ल्यान्ड चौथो, युरो विजेता इटाली पाँचौं, कोपा अमेरिका विजेता अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दसौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...