अल्ट्रा म्याराथुन धावक राईलाई सुरुङ्गामा सम्मान

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। झापाको कनकाईका क्रियाशिल सामाजिक संघसंस्थाहरुले अल्ट्रा म्याराथुन धावक विश्व च्याम्पियन मिरा राईलाई सुरुङ्गामा सम्मान गरेका छन् ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा प्रतिष्ठानसहित कनकाई नगर खेलकुद विकास समिति, रोटरी क्लव अफ सुरुङ्गा, लायन्स क्लव अफ कनकाई सुरुङ्गा, सुरुङ्गा जेसीज, कनकाई भ्याट्रन क्लव, मदन भण्डारी स्पोर्टस एकाडेमी लगायत विभिन्न संघसंस्थाहरुले दोसल्ला ओढाएर सम्मान पत्र सहित विशेष सम्मान गरेका हुन् ।

भोजपुरको दुम्मा ५ मा बुबा सुकबहादुर र आमा मम्फारानी राईकी छोरीको रुपमा मिरा राईको जन्म भएको हो । उनी सानै उमेरदेखि नै खेलकुदका क्षेत्रमा रुची राख्ने राईले अल्ट्रा दौड शुरु गरेको २ वर्षमै सफलताको शिखरमा पुगेकी हुन् । हङकङ, अष्ट्रेलिया, फ्रान्स, नर्बे, स्विट्जरल्याण्ड, ईटाली लगायतका देशहरुमा अल्ट्रा दौडमा भाग लिएर विश्व चेम्पियन बनिसकेकी छन् ।

कार्यक्रममा सम्बोधन गर्र्दै विश्व विजेता राईले विश्वकै उकालो ओरालोमा गरिने यो दौडबाट आफ्नो प्रतिभा देखाउँने अवसर प्राप्त भएकोमा आँफैलाई गौरव लागेको बताइन् । उनले खेलाडीलाई प्रत्यक्ष रुपमा सहयोग पुग्ने गरीको कार्यक्रम ल्याउँन सरकारलाई अपिल समेत गरेकी छन् ।

कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि १ नं प्रदेश सभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मन्जु प्रसाईँ लगायतले दोसल्ला ओढाएर सम्मानपत्र सहित धावक राईलाई सम्मान गरिएको प्रतिष्ठानका सचिव विनोद रानामगरले बताए ।

सम्मान कार्यक्रममा कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, सुरुङ्गा खानेपानी संस्थाका अध्यक्ष भीमप्रसाद अधिकारी लगायतले देशका यस्ता प्रतिभालाई सरकारका तर्फबाट महत्वका साथ हौसला प्रदान गर्नु पर्नेमा जोड दिएका छन् ।

अनमिनबाट माओवादी सेनाको अयोग्य लडाकुमा परेपछि राई सुरुङ्गामै आफन्तको घरमा बसी लामो समय कनकाई माविको खेल मैदानमै अभ्यास समेत गरेकी थिएन । माओवादी जन सेनामा उमेरका कारण अनमिनले भर्ना नलिएकी राई विश्व च्याम्पियान बन्न पुगिन ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...