नेवारी भाषाको चलचित्र ‘जा मन गुभाजु’ ले जित्यो निफ्फ अवार्ड, लिम्बु चलचित्र ‘के’ले पायो उत्कृष्ट कथा अवार्ड

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर ।  नेवारी भाषाको चलचित्र ‘जा मन गुभाजु’ ले अमेरिकामा आयोजित नेपाल आदिवासी चलचित्र अवार्ड (निफ्फ) को उपाधि जितेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्यूयोर्कमा सम्पन्न भएको आदिवासी अवार्ड (निफ्फ) को उपाधि जित्न सफल भएको हो ।

अमेरिकाको न्यूयोर्कमा अगष्ट २१ र २२ गते सम्म भएको चलचित्र महोत्सवमा विभिन्न भाषाका सातवतट चलचित्रहरुलाई पछि पार्दै ‘जा मन गुभाजु’ले उपाधिसँगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ । पुरस्कृत नेवारी चलचित्रले अवार्डसहिस १ हजार १ सय ११ डलर नगद पुरस्कार पनि जेतेको छ ।

त्यसैगरी आदिवासी (निफ्फ) अवार्डबाट लिम्बु कथानक चलचित्र ‘के’ले उत्कृष्ट कथाको अवार्ड पाएको छ । अन्य विधाको अवार्डहरुमा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ‘ट्याङचालक’की नायिका तिला मगर, नेवारी चलचित्र ‘जा मन गुभाजु’ले उत्कृष्ट चलचित्र, ह्योल्मो जातिको ‘मेटोक’ले उत्कृष्ट छायाङ्कन र दर्शक रोजाइको पुरस्कार जितेको छ । यसै गरी तामाङ जातिको ‘प्रङ्ना’ चलचित्रलाई उत्कृष्ट भेसभुसा पुरस्कार र गुरुङ जातिको चलचित्र ‘मि होर्वै ट’ले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् ।

पुरस्कार विजेताहरुलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

२७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेसभुसा, संस्कृतिको संरक्षण र संवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएको छ । अवार्ड वितरण समारोहमा युवाहरूको संगीतिक ढुकढुकी गायकद्धय राजु लामा र जगदिस समालले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरी मध्य रातीमा पनि दर्शकहरूलाई मनोरञ्जन दिएका थिए । यस्तै विभिन्न आदिवासी समुदायका सांस्कृतिक झल्किने गीत र नृत्यहरू समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका संयोजक तथा फिप्नाका महासचिव नरेन्द्र थापाले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई विशेष धन्यवाद दिंदै आगामी दिनमा महासंघले थप सशक्त कार्यक्रम लिएर आउने बताए ।

कार्यक्रममा ७ वटा जातिका चलचित्रहरु छनौटमा परेका थिए । चलचित्र हेर्नलाई न्यूयोर्कमा रहेका नेपाली दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

छ दलले पाउने भयो राष्ट्रिय दलको मान्यता

दमक, २७ फाल्गुन । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट ६ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यतापाएको छ । पाँचवटा दल पुरानै रहेको छ भने एउटा मात्र दल नयाँ रहेको छ । प्रतिनिधिसभाको यो निर्वाचनबाट राष्ट्रिय दलको...

छ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेः कुन–कुन दलले कति मत पाए त ?

दमक, २६ फाल्गुन । प्रत्यक्ष तर्फको १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख मत कटाएको छ । दिउँसो २ बजेसम्मको अपडेट अनुसार रास्वपाले ५० लाख ३३ हजार ६२४ मत पाएको छ । समानुपातिकमा...

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...