झापा इक्यानले मनायो २५औं बार्षिकोत्सव

 लिम्बुवान न्युज
                       

विर्तामोड, १५ भदौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले आफ्नो २५औं वार्षिकोत्सव मनाएको छ । आइतबार सामाजिक काम गर्दै इक्यान झापाले २५औं वार्षिकोत्सव मनाएको हो ।

इक्यान झापाले बिर्तामोड–४ मा रहेको नमस्ते बाल आश्रममा खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गर्दै रजत महोत्सव मनाएको छ । इक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा इक्यान झापाका उपाध्यक्ष मिलन ओली, सचिव मदन बुढाथोकी, कोषाध्यक्ष राज कार्की, अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा, रियल वल्र्डका सञ्चालक राज मुखियाले इक्यानले शिक्षाका क्षेत्रमा विभिन्न काम गर्दै आएको बताए । उनीहरुले आश्रमका बालबालिकालाई इक्यानको तर्फबाट गर्ने शैक्षिक सहयोग निःशुल्क रुपमा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

इक्यानले शैक्षिक परामर्शका साथै स्वदेश तथा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारीका साथै सहयोग गर्दै आएको छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष पाण्डेले झापामा इक्यानले सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै इक्यान झापाको प्रशंसा गरे ।

कोरोना कहरका कारण शैक्षिक परामर्श अन्तर्गत सञ्चालित कन्सल्टेन्सीहरु लामो समयदेखि बन्द हुँदा कन्सल्टेन्सी व्यवसाय धरासायी बन्न पुगेको झापा अध्यक्ष जमरकट्टेलले बताए । अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गर्दै रजत महोत्सव मनाउन पाउँदा खुशी लागेको इक्यान झापाका सचिव बुढाथोकी बताए ।

आश्रममा दश बालक र आठ बालिका गरी १८ जना बालबालिका रहेका छन् । उनीहरुलाई इक्यान झापाले १५ हजार बराबरको खाद्यान्न तथा खेलकुद र शैक्षिक सामग्री प्रदान गरेको छ । आश्रममा रहेका बाललबालिकाहरु बिर्तामोडका विभिन्न निजी विद्यालयमा निःशुल्क रुपमा अध्ययन गर्दै आएको आश्रमका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।

झापा, इलाम, तेह्रथुम, मोरङ लगायतका जिल्लाबाट ल्याइएका बालबालिकाहरु आश्रममा रहेका छन् । आमाबुबा नभएका तथा कोही आफन्त नभएका बालबालिकालाई आश्रमले पालनपोषण र उचित शिक्षादिक्षा दिँदै आएको अध्यक्ष पोखरेलले बताए । कार्यक्रमको सञ्चालन अतिरिक्त विभाग प्रमुख सापकोटाले गरेको इक्यान) झापाका प्रेस संयोजक नरेन्द्र ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...