इपिएल विजेताले पाउने भए ५० लाख

 लिम्बुवान न्युज
                       

फाइल तस्वीरः

लिम्बुवानखबर । एभरेष्ट प्रिमियर लिग (इपिएल)को चौथो संस्करणमा विजेताले ५० लाख रुपैयाँ पाउने भएको छ । मंगलबार इपिएलले विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कारराशीको रकम घोषणा गरेको हो । विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने भएका छन् ।

यो पुरस्कार राशी नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठूलो रकम हो । यसअघि धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा सर्वाधिक पुरस्कार ३० लाख रहेको थियो । तेस्रो संस्करणको डिपिएल च्याम्पियन बनेको सिवाइसी अत्तरियाले ३० लाख र उपविजेता महेन्द्रनगर युनाइटेडले १२ लाख हात पारेका थिए ।

यस प्रतियोगिताममा ६ शहरका ६ फ्रेन्चाइज टिम सहभागी हुनेछन् । विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्र्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो पटक २०१८ को इपिएलको फाइनलमा ललितपुरले भैरहवालाई १४ रनले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको थियो । यस सिजनमा स्वदेशी खेलाडीको तलब २० प्रतिशतले बढेको थियो । इपिएलको मुख्य प्रायोजकका रुपमा बजाज पल्सर रहेको छ । बजाजले इपिएललाई यस संस्करणका लागि २ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ ।

इपिएलको यसपटकको सिजनमा विभिन्न देशका हस्ती खेलाडीहरु सामेल हुँदैछन् । पाकिस्तानी क्रिकेट खेलाडी शाहिद अफ्रिदि काठमाडौँ किंग्स–११बाट, श्रीलंकाका पूर्वकप्तान दिनेश चण्डीमाल भैरहवा ग्ल्याडिएटर्सबाट खेल्दैछन् भन चितवनबाट अफगानिस्तानका ओपनर मोहम्मद शाहजाद, मलेसियाका विरनदीप सिंह, पाकिस्तानका दानिस अजिज र श्रीलंकाका सिक्कुगे प्रसन्नाले खेल्न जनाइएको छ ।

त्यसैगरी पछिल्लो उपाधी विजेता ललितपुरबाट इंग्ल्यान्डका एलेक्स ब्लेक र भुटानका रञ्जंग मिक्यो दोर्जी छन् । पोखराले भने अहिलेसम्म कुनै विदेशी खेलाडी सार्वजनिक गरेको छैन । विराटनगरबाट भने जिम्बावेका अलराउन्डर सिकन्दर राजाले खेल्ने पक्का गरिसकेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...