राष्ट्रिय जनमुक्ति पार्टी राज्य व्यवस्था परिवर्तनको लागि ३०औं बर्ष देखि आन्दोलित छ– संस्थापक अध्यक्ष थापा

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष मालवरसिंह थापा (एमएस)ले मुलुकको राजनितिमा सत्ताको लागी नभै राज्य व्यवस्था परिवर्तन गर्नको लागी जनमुक्ति ३०औं वर्षदेखी आन्दोलन गर्दै आएको दावी गरेका छन् ।

शनिबार जनमुक्ति पार्टीको छैर्टौ राष्ट्रिय महाधिवेशनको उद्धघाटन सत्रलाई लिम्बुवानको ऐतिहासिक भूमी धरानमा सम्बोधन गर्दै थापाले यस्तो दावी गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका थापाले सत्ताको लडाँईले सुःखसयल र मोजमस्ती खोज्ने बताउँदै उनले राष्ट्रिय जनमुक्ति पार्टी त्यसो नभै यो मुलुकमा वहुल राष्ट्रिय समाजवाद स्थापना गरेर राज्य व्यवस्थामा परिवर्तन ल्याउने तर्फ निरन्तर अघि बढेको वताए । संस्थापक अध्यक्ष थापाले जनमुक्ति पार्टीको नीति, विचार र सिद्धान्तलाई स्थापित गर्नको लागी वर्षौ देखी बहुजातीय लोकतान्त्रिक समाजवादलाई पार्टी भित्र अभ्यास गर्दै आएको वताए ।

थापाले हरेक जातिको जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई राज्य व्यवस्थामा स्थापित नगराएसम्म मुलुकमा समानुपातिक तथा समावेशीता विकास नहुने ठोकुवा गरे । उनले मुलुकलाई न्याय, समनता र समावेशिताको माध्यामबाट अघि बढाउन सकेमात्र नेपालमा वहुजातीय लोकतान्त्रिक समाजवादको स्थापना हुने स्पष्ट पारे । त्येसैगरी पार्टीका अर्का संस्थापक नेता रामबहादुर तुम्बाहाम्फेले वर्तमान सरकारले एमसिसि जस्तो घातक परियोजना भित्राउन लागेको भन्दै राष्ट्रिय जनमुक्ति पार्टी यो राष्ट्रिय मुद्दामा गम्भिर हुनु पर्नेमा समेत जोड दिए । उनले एमसिसि विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीले देशव्यापी रुपमा विरोधसभा आयोजना गरेर नेपाली जनतालाई समेत बुझाउनु पर्नेमा जोड दिए ।

राष्ट्रिय जनमुक्ति पार्टीका संघीय अध्यक्ष केपी पालुङ्गवाको अध्यक्षतमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशन उद्धघाटन सत्र सम्पन्न भएको छ । उद्घाटन सत्रमामा पार्टीका उपाध्यक्ष कमला थापा, रविन्द्र उच्च नेपाली, केन्द्रिय सचिव मनीराम चौलागाँई, सामाजिक लोकतान्त्रक पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नु भएका नेता मान वहादुर राई, माओवादीबाट प्रवेश गर्नु भएका मजित अलि, संघीय लिम्वुवान मञ्चका केन्द्रिय सचिव हालै पार्टी प्रवेश गर्नु भएका गजेन्द्र आङ्गवो, हङ्गकङ्ग जनमुक्ति मञ्चका प्रतिनिधि आईन्बा राई, अमेरिकाका प्रतिनिधि विनोद पोमु, कत्तार प्रतिनिधि मन थापा, जनवर्गिय संगठनहरुको तर्फबाट राष्ट्रिय भुतपुर्व सैनिक संगठनका अध्यक्ष भिम राना, एकल जातिय संगसंगठनहरुको तर्फबाट नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तामाङ लगायतले उद्धघाटन सत्रलाई सम्वोधन गरेका थिए ।

शनिबार देखि तीन दिनसम्म संचालन हुने छैटौं महाधिवेशनमा देशभरका ४ सय ५० भन्दा वढी प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएका छन् ।

आईतवार देखी शुरु हुने बन्दसत्रमा पार्टी अध्यक्ष केपी पालुङ्गवाद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन र पार्टी महासचिव केशव सुर्यवंशीद्वारा प्रस्तुत हुने सांगठानिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने पार्टीका संघीय सचिव पदम जवेगुले वताएका छन् । उद्घाटन सत्रको संचालन पार्टी नेता संघीय सदस्य विष्णु थाम्देनले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष मोहन धिमालले राखेका थिए ।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...