आज नेपालले एएफसी महिला एसिया कप छनोटको पहिलो खेल फिलिपिन्ससँग खेल्दै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २ असोज । एएफसी महिला एसियन कप फूटबलको छनोट खेल प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला टिम उज्वेकिस्तानमा छ । एसियन कपको समूह एफमा रहेको नेपालले आज छनौट खेल फिलिपिन्ससँग खेल्दै यात्रा अघि बढाउँदैछ ।

सन् २०१९ पछि नेपालको महिला टिमले पहिलो पटक प्रतिस्पर्धात्मक फुटबल खेल खेल्न लागेको हो । नेपालका राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी साम्बा बिना नेपाली टिम खेल मैदानमा उत्रिन्दैछ । घुँडाको चोटका कारण कतारमा शल्यक्रिया गराएर उपचार गराईरहेको नेपाली टिमका साम्बा अहिले आराम गरिरहेकी छिन् । नेपाली टिमलाई उनलाई पक्कै सम्झने छन् ।

फिफा वरीयतामा नेपाल १०१ औं स्थानमा छ । फिलिपिन्स ३३ स्थान माथि ६८औं स्थानमा छ भने हङकङ ६७औं स्थानमा छ । भारतमा हुने एसियन कपको छनोटमा नेपालले आफूभन्दा वरीयतामा माथि हरेका दुई टिमहरु फिलिपिन्स र हङकङसँग खेल्नु पर्ने भएको हुँदा शिर्ष टिम मात्र एसिया कपमा छनोट हुनेछ । त्यसैले नेपाली टिमको लागि समूहको दुवै खेल महत्वपूर्ण छ ।

नेपाली महिला टिमले अहिलेसम्म तीन पटक एसिया कप खेलेको छ । पछिल्लो पटक सन् १९९९ मा नेपालले एसिया कप खेलेको थियो । त्यसपछि २२ वर्षसम्म नेपाली टिमले खेलेको थिएन । २२ बर्षपछि पुनः एसिया कपको छनोट खेल्न लाग्दा नेपाली महिला टिम उत्साहित छन् र छनोट हुने जोश र जाँगरका साथ मैदान उत्रदैँछ । (तस्वीर : एनएसजेएफबाट लिइएकाे)

 

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...