गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । काठमाडौंमा गाई–गोरुको मासु खान पाउनुपर्ने माग गर्दै ‘विभेदकारी कानुन खारेजी संघर्ष समिति’ले आज प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा आज (बुधबार) प्लेकार्डसहित विरोधमा उत्रिएका युवाहरुले ‘गाई–गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको मुलुकी अपराध संहिता ऐन २०७४ ले मानवअधिकार हनन नगरेको बताएको छ ।

सो संघर्ष समितिका संयोजक मोक्तान थेवाले गाई–गोरुको मासु खानेलाई अपराध करार गर्दै कारवाही गर्नुले कुनै पनि व्यक्तिले न्यूनतम खाद्य एवं आहार उपभोग गर्न पाउने मानवअधिकार र मौलिक हकको हत्या गरेको बताए ।

उनीहरुले ‘हाम्रो जुजु बाजेले खाए, हाम्रा बाउ बाजेले खाए, त्यसपछि उनीहरु आए र हामीलाई जेल हाल्ने कानुन बनाए’ लेखिएको प्लेकार्ड बोकेका थिए । (नागरिक खबरमा उल्लेख)

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;