सिरिजङगा टोलको अध्यक्षमा सेसेमी से नाल्बो चयन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । झापाको दमक न।पा। १ को सिरिजङगा टोल विकास संस्थाको अध्यक्ष सेसेमी से नाल्बो चयन भएका छन् । छैठौं बार्षिक साधारणसभा सम्पन्न पश्चात भएको नयाँ कार्य समिति चयनबाट नाल्बो अध्यक्ष भएका हुन् । साहित्य लेखनमा सक्रिय नाल्बो सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियासिल व्यक्तित्व हुन् ।

संस्थाको सामुदायिक भवन परिसरमा दमक वडा नं। १ का वडा जनप्रतिनिधि सदस्य गिरीभक्त सोङ्मेन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिरिजङगा टोल संस्थापक अध्यक्ष इक्सा सम्बाहाङ्फे, लुङ्धुङ टोल विकास संस्था दमक १ अध्यक्ष याम बहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कियाचु राष्ट्रिय चुम्लुङ सदस्य गुमान सिं सङबाङ्फे, याक्थुङ साहित्य प्रतिष्ठान कोषाध्यक्ष भुवानी थेगिम, सदस्य बिष्णु केरुङको पनि उपस्थिति रहेको थियो ।

सभामा अध्यक्षद्धारा प्रस्तुत प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन बन्द सत्रले अनुमोदन पारित गर्दै सो साधारणसभाले सेनाल्बोको अध्यक्षतामा विधानत तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा मालती थापा मगर र कोषाध्यक्षमा प्रकाश राई सर्व सम्मतबाट चयन भएको निर्वाचन समिति संयोजक डम्बर बहादुर श्रेष्ठले बताए ।

सभामा कोषाध्यक्ष तारादेवी राईले आर्थिक वर्ष ०७७र७८ को शेयर पूँजी वार्षिक आयरव्याय तर्फ ६ लाख ७६ हजार २ सय वयालिस रहेको छ । जम्मा ८५ घरधुरीको सेयर पुँजी ४ लाख ५७ हजार ९ सय साठी र संस्थाको मुलधन १ लाख ४ हजार २ सय तीन रहेको छ भने मौज्दात रकम ५ लाख ६२ हजार १ सय उन्नसत्तरी रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

सिरिजङगा टोल विकास संस्थाले टोलको आफ्नै सामुदायिक भवन निर्माण गरी उद्घाटन समेत गरेको, सडक वत्ती मर्मत सम्भार लगायतका कार्यहरु सम्पन्न भएको टोल अध्यक्ष रचना लाओतीले बताएकी छन् ।

सभा संस्थाको अध्यक्ष रचना लाओतीको सभाध्यक्षता, सचिव आरती लिम्बूले संचालन गरेकी थिइन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...