भुतपूर्व सैनिक गोल्डकपको उपाधी आयोजककै पोल्टामा

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर,२८ असोज । झापाको विर्तामोडमा सञ्चालित भूतपूर्व सैनिक गोल्डकपको उपाधि आयोजक बिर्तामोड भारतीय गोर्खा भूतपूर्व सैनिक संघले जितेको छ । दुधेको भूतपूर्व सैनिक संघलाई हराउँदै आयोजक भूपू सैनिक संघ विर्तामोडले उपाधि आफ्नै पोल्टामा हात पारेको हो ।

बुधबार भएको फाइनल खेलमा दुधेको माङमारी टिमलाई ३–० गोल अन्तरले पराजित गर्दै आयोजक टिम च्याम्पियन बनेको हो ।

प्रतियोगिताका विजेताले रु एक लाख ११ हजार १११, ट्रफी र मेडल हात पारेको छ भने उपविजेता टिमले रु ६१ हजार १११, ट्रफी र मेडलमा चित्त बुझाएको छ । खेलमा ६० वर्षभन्दा माथिका उच्च गोलकर्ता आयोजकका क्याप्टेन डिके गुरुङले नगद २५ हजार प्राप्त गरेका थिए ।

त्यस्तै, प्रतियोगिताका बेस्ट डिफन्स दुधेका बुरा राई, मिडफिल्ड आयोजकका शेरबहादुर गुरुङ, फवर्ड आयोजककै तोयाप्रसाद भूजेल र गोलकिप्पर विजेता टिमका शिवकुमार गुरुङ घोषित भए । उनीहरुले जनही पाँच हजार हात पारेका छन् ।

विजेता तथा उपविजेतालगायतलाई झापा ११ फूटबल क्लवका अध्यक्ष जलकुमार गुरुङले नगद तथा ट्रफी प्रदान गरेका छन् । प्रतियोगिता बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा भएको थियो । भूतपूर्व सैनिकहरुबीच एकता तथा सुमधुर सम्बन्ध बनाउने उद्देश्यले बडादसैँको अवसर पारेर मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष डिके गुरुङले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;