शहिद स्मारक ए डिभिजन लिको खेलतालिका सार्वजनिक

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १२ कार्तिक । नेपालको शीर्ष श्रेणीको फुटबल लिग शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । आज अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटीले सार्वजनिक गरेको हो । आज लिग खेल्ने ए डिभिजनका १४ क्लबका प्रतिनिधिको उपस्थितिमा टाइ सिट ड्र गरिएको एन्फाले जनाएको छ ।

टाइसिट ड्र अनुसार कात्तिक २९ गतेको उदघाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । करिब चार महिना चल्ने लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने आयोजकले बताएको छ । खेल बेलुका ५ बजे दशरथ रंगशालामा हुनेछ ।

यसपटक च्यासल खेल मैदान पनि लिगका लागि प्रयोग गरिने आयोजकले जनाएको छ । लिगमा कुल १३ राउण्डमा ९१ खेल हुनेछ । पुस अन्तिममा ९ राउण्डसम्मको खेल सकाउन बताइएको छ ।

लिग फागुन १४ गतेसम्म चल्नेछ । पहिलो दुई राउण्डको समय र खेल स्थान पनि सार्वजनिक गरिएको छ । पहिलो दिन एक खेल मात्र हुनेछ । त्यसपछि दैनिक दुई खेल हुनेछ । जसमा पहिलो खेल १२ बजे र दोस्रो खेल ३ बजे शुरु हुनेछ ।

यस्तै दोस्रो राउण्डमा एकै दिन ३ खेलसम्म खेलाउने तालिका छ । जसमा दुई खेल एकै समयमा राखिएको आयोजकले जनाएको छ ।

ए डिभिजन लिग खेल्ने १४ क्लबहरु निम्न छन्ः

मछिन्द्र फुटबल क्लब
त्रिभुवन आर्मी फुटबल क्लब
मनाङ मर्स्याङ्दी क्लब
थ्री स्टार क्लब
नेपाल पुलिस क्लब
सशस्त्र एपीएफ
च्यासल युथ क्लब
संकटा क्लब
हिमालयन शेर्पा क्लब
एनआरटी क्लब
जावलाखेल युथ क्लब
फ्रेण्ड्स क्लब
सातदोबाटो युथ क्लब
ब्रिगेड ब्वाइज क्लब

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;