लिम्बुवान स्टडी अध्यक्षमा पुनः कुरुम्बाङ्

 लिम्बुवान न्युज
                       

पाँचथर, २६ कार्तिक । ‘लिम्बुवान स्टडि सेन्टर सुम्हा?लुङ च्याप्टर’ को शुक्रबार पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रममा पुनः दिलेन्द्र कुरुम्बाङ्लाई अध्यक्षमा निर्वाचित भएका छन् ।

फेदेनस्थित होटल सिङगापुरको सभाहलमा सम्पन्न भेलामा च्याप्टरका सल्लाहकार राजेन्द्रकुमार जबेगु, सागर केरुङ र लक्ष्मण लावतीले शुभकामना दिएका थिए ।

नवगठित समितिमा अध्यक्ष कुरुम्बाङसँगै उपाध्यक्ष श्याम नयन तुम्बापो, सचिव बिरेन्द्र थोक्लिहाङ, सहसचिव सबिन नेम्बाङ, कोषाध्यक्ष सुनिता केरुङ र सदस्यहरू शंकर आत्मा, मनकुमार तुम्रोक, सुबास नुनाम केरुङ, कमल हाङ्सरुम्बा रहेका छन् ।

विगत ४ बर्षयता सेन्टरले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । लिम्बुवानका विभिन्न पक्षहरुमाथी कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको निवर्तमान सचिव मधुराज केरुङ्ले बताए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...