लिम्बुवान दमकको अध्यक्षमा पुनः लोरिङदेन

 लिम्बुवान न्युज
                       

दमक, २९ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरको चौथो अधिवेशन सोमबार किरातभवनस्थित सभाहलमा सम्पन्न भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष सुरेन्द्र लिम्बु नोनामको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले पुनः अध्यक्षमा याम लोरिङदेन लिम्बुलाई निर्वाचित गरेको छ ।

छैठौं अधिवेशनले पुन थप पाँच बर्षको लागि लोरिङदेनलाई सर्वसहमतिमा दमक नगरको अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा सन्तकुमार चेम्जोङ, उपाध्यक्षहरुमा मनु साम्पाङ राई, पञ्चवीर राई, मेघराज फूयाल, दिनेश लावती, यादवसिंह वेघा, विजयसिंह थापामगर, मनुकमारी बेघा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा सुक बहादुर सोदेम्बा, सहसचिवमा पदम बेघा, अर्थसचिवमा सीता केरुङ, सचिवालय सदस्यहरुमा डासमाया लिम्बु, ममता नेम्बाङ, विष्णु केरुङ, चन्द्र हेल्लोक लिम्बु, दरबार सिंह लिम्बु, सिमा केरुङ, जंग बहादुर सुहाङ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा उमेश सम्बाहाम्फे, हरिराज चेम्जोङ, नन्दलाल बेघा, अशोक शेर्मा, सन्तोष निङलेखु, नारद आङ्देम्बे, कर्ण आङ्देम्बे, खड्क लावती, कमल सेनेहाङ, रामकुमारी चेम्जोङ, श्याम मादेन, निसा राई, सरस्वती चेम्जोङ, ज्ञान बहादुर लिम्बु, लासेन सुब्बा, लक्षमी पुलामी मगर, देउकुमार पयाङ्गु, जितेन हाङश्रोङ, गंगा धिमाल, लक्ष्मी धिमाल, सविन धिमाल, सन्देश निङ्लेखु, कमला काम्बाङ, काकृत सम्बाहाम्फे, कुल बहादुर लिम्बु, तिल बहादुर सेर्मा लगायत रहेका छन् । आजै सल्लाहकारहरुमा बरिष्ठ सल्लाहकार टंक प्रसाद केरुङ, शेर बहादुर पतङ्वा र सल्लाहकारहरुमा सुरेश लावती, दिपशचन्द्र राई, गुमानसिंह सम्बाहाम्फे र पुष्प लोवा रहेका छन् ।

निर्वाचित नयाँ कार्य समितिलाई पद तथा गोपनीयताको सफल गराउँदै कार्यक्रमका प्रमुख अतिथि निङलेखुले सफल कार्यकालको बधाई तथा शुभकामना दिदैं पहिचानको आन्दोलन अझै बाँकी रहेको हुँदा अहिले नै संगठन मजबुत भईनसकेको हुँदा निरन्तर संगठन मज्बुत बनाउनमा जोड दिएका छन् । त्यसैगरी मञ्चका महासचिव अशोक चेम्जोङले लिम्बुवान आन्दोलनलाई उच्चाईमा पु¥याउन सबै नेताहरुको उत्तिक्कै जिम्मेवारी भएको बताउँदै भर्खरै मञ्चले प्रदेश १ सरकारमा सहभागी हुँदै पार्टीलाई थप उच्चाईमा पु¥याउने चरणमा अघि बढेको बताएका छन् ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष देउकुमार निङलेखु, उपमहासचिवहरु दिलकुमार लावती, भानु भट्टराई, प्रान्तीय सचिव धनराज सुब्बा, विष्णुमाया थापा लगायतका जिल्ला अध्यक्ष धनबहादुर पन्धाकसहित जिल्लाका दर्जनौं नेताहरुको उपस्थिति रहेको थियो ।

मनु साम्पाङको नेतृत्वमा संघीय लिम्बुवान महिला मञ्च गठन

आजै नगरअधिवेशनसँगै संघीय लिम्बुवान महिला मञ्च, दमक नगर समिति पनि सर्वसहमितले गठन भएको छ । मनु साम्पाङको अध्यक्षतामा महिला मञ्च गठन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष सीता केरुङ, उपाध्यक्षहरुमा तारा लावती, ममता लिम्बु, दासमाया लिम्बु, गंगा धिमाल, कमला काम्बाङ, लक्ष्मी पुलामी मगर चयन भएका छन् भने सचिवमा दिपा सम्बाहाम्फे, सहसचिवमा लासेन लिम्बु त्यसैगरी अर्थसचिवमा मनकुमारी बेघा रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा शारदा लिम्बु, हेमकुमारी लिम्बु, लक्ष्मीमाया इम्बुङ, प्रतिमा सेर्मा इम्बुङ, लक्ष्मी सेर्मा, लक्ष्मी धिमाल, सरस्वती लावती, देवी लिम्बु, सोम्बारी लिम्बु, सरस्वती लिम्बु, निशा राई र विष्णु केरुङ निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...