लिम्बुवान मञ्चको छथर अध्यक्ष बने दिपेन तुम्खेवा

 लिम्बुवान न्युज
                       

छथर, तेह्रथुम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल छथर गाउँपालिका अध्यक्षमा दिपेन तुम्खेवा चयन भएका छन् । गत शनिबार छथर गाउँपालिका कार्य समितिको तेस्रो अधिवेशनले तुम्खेवाको अध्यक्षतामा २४ सदस्यीय कार्य समिति चयन गरेको हो ।

मञ्चका प्रान्तीय उपमहासचिव तथा संचारविभाग प्रमुख दिलकुमार लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्य समिति सर्वसहमतिमा चयन गरेको थियो । कार्यक्रममा सचिवालय सदस्य शंकर खेवा, डिल्लीश्वर तुम्खेवा र प्रान्तीय सदस्य दिल पाक्सवाले शुभकामना मन्तव्य राखेका थिए ।

तेस्रो अधिवेशनबाट उपाध्यक्षमा रामकुमार लिम्बु, पवित्रा लिम्बु, उदय विक, केशरमान मादेन र पूर्ण साँवा निर्वाचित भएका छन् । यसरी नै सचिवमा योगेन्द्र साँवा, सहसचिवमा गोपाल लिम्बु र अर्थसचिवमा टेकबहादुर लिम्बु चयन भएका छन् भने सदस्यहरुमा धनबहादुर विक, टेक बहादुर तुम्खेवा, शान्ता लिम्बु, नगेन्द्र कुरुम्भङ, गोर्ख बहादुर लिम्बु, बुद्धसिं लिम्बू, ललित लिम्बू, चन्द्र तुम्खेवा, हिक्मत तुम्खेवा, भिम बहादुर लिम्बु, अमृत लिम्बू (राजु), गोर्ख लिम्बू, खिपेन लिम्बू, आइतराज लिम्बू र प्रकाश मगर निर्वाचित भएका छन् ।

लिम्बुवान मञ्चले हाल लिम्बुवानका सबै स्थानीय तह, वार्डपालिकादेखि जिल्ला अधिवेशन धमाधम गर्दै आएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...