पत्रकार ढकालद्वारा उपचार काेषमा सहयाेग प्रदान

 लिम्बुवान न्युज
                       

झापा । पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गरेका छन्।

आफ्नो जन्मदिनको अवसरमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन्।

नेपाल पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष केशव भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का सदस्य सुरेन्द्र भण्डारी , समाजवादी प्रेस संगठनका नेता अनिलदेव राईलाई पत्रकार ढकालले सो रकम हस्तान्तरण गरेका हुन् ।

झापाली संञ्चारकर्मीहरुकै हितका निमित्त स्थापित कोषमा रकम प्रदान गर्दै पत्रकार ढकालले खुशी व्यक्त गरे ।

पत्रकार उपचार कोषमा हालसम्म ४७ लाख रुपैयाँ जम्मा भइसकेको जनाउँदै पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष भट्टराईले कोषको रकम एक करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको बताए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...