कमलमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । कमल गाउँपालिकाको आयोजनामा उपाध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक समितिले शनिबार कमल ५ स्थित रोडस्टार पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारे उक्त जानकारी गराएको हो ।

यहि मंसिर १४ गते देखी १६ गतेसम्म पालिकास्तरिय हुने भलिवल प्रतियोगितामा जिल्लाका १५ वटा पालिकाले सहभागिता जनाउने कमल गाउँपालिका शिक्षा शाखा प्रमुख समेत रहेका प्रतियोगिता सम्पन्न गर्न गठित मूल आयोजक समितिका सदस्य सचिव सुर्य प्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतियोगिता कमल गाउँपालिका वडा नम्वर ३ स्थित खेल मैदानमा सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने पालिकालाई १ एकलाख १ हजार तथा द्वतिय हुने पालिकालाई ५१ हजार रुपैया का साथै ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ भने प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने कमल गाउँपलिका खेलकुद विकास समितका संयोजक तथा वडा नम्वर ४ का वडा सदस्य चतुर्भुज सुवेदीले जानकारी दिए ।

प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । पत्रकार सम्मेलनमा समितिका सहसंयोजक तेजकुमार राई, सदस्य सुदिप थुलुङ, शान्त कुमार राई भक्त मगर लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...