कमलमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । कमल गाउँपालिकाको आयोजनामा उपाध्यक्ष कप भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक समितिले शनिबार कमल ५ स्थित रोडस्टार पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारे उक्त जानकारी गराएको हो ।

यहि मंसिर १४ गते देखी १६ गतेसम्म पालिकास्तरिय हुने भलिवल प्रतियोगितामा जिल्लाका १५ वटा पालिकाले सहभागिता जनाउने कमल गाउँपालिका शिक्षा शाखा प्रमुख समेत रहेका प्रतियोगिता सम्पन्न गर्न गठित मूल आयोजक समितिका सदस्य सचिव सुर्य प्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतियोगिता कमल गाउँपालिका वडा नम्वर ३ स्थित खेल मैदानमा सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने पालिकालाई १ एकलाख १ हजार तथा द्वतिय हुने पालिकालाई ५१ हजार रुपैया का साथै ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ भने प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने कमल गाउँपलिका खेलकुद विकास समितका संयोजक तथा वडा नम्वर ४ का वडा सदस्य चतुर्भुज सुवेदीले जानकारी दिए ।

प्रतियोगिता सफल बनाउन खेलकुद समिति सदस्य सुदिप थुलुङको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । पत्रकार सम्मेलनमा समितिका सहसंयोजक तेजकुमार राई, सदस्य सुदिप थुलुङ, शान्त कुमार राई भक्त मगर लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...