लिम्बुवान मञ्च दमक ६ अध्यक्षमा विना आङदेम्बे

 लिम्बुवान न्युज
                       

दमक, १७ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. ६ मा वडा समिति गठन भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बिना आङदेम्बेको अध्यक्षतामा समिति गठन भएको हो ।

मञ्चका प्रान्तीय सचिव धनराज सुब्बाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आङदेम्बेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा हेमेन लावती, सचिवमा नविन राई, सह–सचिवमा गणेश ढकाल चयन भएका छन् भने सदस्यहरुमा सम्झना लिम्बु, लक्ष्मी लिम्बु, सपना ठाकुर, सुमन कुरुम्बाङ, मैया श्रेष्ठ, अञ्जु माझी, दिपा लिम्बु, मनोज तामाङ र रमा केरुङ चयन भएका छन् । अर्थ सचिव पद भने अहिले खाली रहेको नगर सचिव सुखबहादुर सोदेम्बा बताए ।

कार्यक्रममा प्रान्तीय सदस्य कविन्द्र सेर्मा, दमक नगर अध्यक्ष याम लिम्बु लगायत नेताहरुको उपस्थिति रहेको नगर सचिव सोदेम्बाले बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...