झापा गोल्डकप फागुनमा हुने

 लिम्बुवान न्युज
                       

बिर्तामोड, २० मंसिर । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने बताइएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको जनाएको छ ।

आज (सोमबार) गोल्डकप समितिको बिर्तामोडमा सम्पन्न बैठकले चौथो गोल्डकप भएको दुई वर्षपछि पाँचौँ संस्करणको झापा गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो । कोभिडका कारण २०७६ र २०७७ सालमा प्रतियोगिता हन सकेको थिएन ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउने उद्देश्यकासाथ झापा गोल्डकप हुँदै आएको छ ।

बैठकले यही फागुन २१ गतेदेखि ३० गतेसम्म प्रतियोगिता गर्ने प्रस्ताव गरे पनि अखिल नेपाल फुटबल संघ एन्फा सँगको परामर्शमा मिति टुंग्याइनेछ । यसका लागि गोल्डकपका परिकल्पनाकार जलकुमार गुरुङलाई सम्पूर्ण जिम्मा दिइएको छ ।

गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने यसअघिकै राशिलाई निरन्तरता दिइने भएको छ ।

प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लब, नेपालका र विदेशीसहित १० वटा टिमको सहभागिता रहनेछ ।

बैठक गोल्डकपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिता झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...