
धरान, सुनसरी ३ पौष । साङ्वा वंश उत्थान संघ सुनसरी शाखाको प्रथम साधारण सभा धरानमा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दिल साङ्वाले सभालाई उद्घाटन गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि साङवाले सम्बोधन गर्दै भने –मजबुत र सक्षम साङ्वा समुदाय निर्माणको लागि एक भएर अघि बढनु पर्ने र समुदायसँग भूगोल, भाषा, संस्कृति, धार्मिक विश्वास, साहित्य, इतिहास लगायतका विषयवस्तुहरु हुन्छन, जुन साङ्वा समुदायसँग पनि छ ।
उनले थप भने वंशावली निर्माणको सन्दर्भमा साङ्वा वंशावलीले जसलाई दस्तावेजीकरण गर्न सक्नु पर्दछ । जसले सामुदायिक विकासमा टेवा पुर्याउनुका साथै उक्त सामुदायिक विकासले राष्ट्र बलियो हुने बताएका छन् ।
साङ्वा वंश उत्थान संघ जिल्ला समिति सुनसरीका अध्यक्ष वुध्द प्रसाद साङ्वाको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा झापा जिल्ला समितिका अध्यक्ष प्रेम साङ्वा झापा जिल्ला सदस्य जीत बहादुर साङ्वा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सुनसरी जिल्लाको विभिन्न क्षेत्रमा वसोवास गर्ने साङ्वाहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन मोहन साङ्वाले गरेका थिए भने स्वागत मन्तव्य सदस्य प्रेम साङ्वाले राखेका थिए ।
कार्यक्रममा सचिव हिमाल साङ्वाले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष धनशेर साङ्वाले प्रस्तुत गरेका थिए ।