भिसी प्रतिष्ठानको अध्यक्षमा मोहनमाङ थेवे निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, १० पुष । दमक–६ स्थित किरात युमा माङ्गहिम तथा क्या. भिसी राम बहादुर बेघा लिम्बू प्रतिष्ठानको तेस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले मोहनमाङ थेवेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

शनिबार माङहिमको सभाहलमा भएको कार्यक्रमले सर्वसम्मत निर्वाचित गर्दै उपाध्यक्षमा मोहन बेघा, सचिवमा भिम राज बेघा, सहसचिवमा कबिन्द्र सेर्मा, कोषाध्यक्षमा मनकुमारी पन्दाक बेघा र सहकोषाध्यक्षमा पदम बेघा चुनिएका छन् ।

यसैगरि सदस्यहरु दरबार सिंह तुम्बाहाम्फे, उदिमान तुम्रोक, गंगा प्रसाद पाहिम, दलबिर शेर्मा, तिल बहादुर शेर्मा, मन कुमारी बेघा साम्यू, कुल बहादुर लिङदेन, ओम माया आङदेम्बे, तिलक सिंह बेघा, लक्ष्मी प्रसाद बेघा, प्रतिमा सेवा इङ्बुङ, भुपेन्द्र बेघा रहेका छन् । यसैगरि अधिवक्ता दिल बहादुर इङनामलाई कानुनी सल्लाहकार र हस्त बहादुर बेघा, गुमान सिंह सम्बाहाम्फे, यादब सिंह बेघा, देबेन्द्र चेम्जोङ्ग र पृथी बहादुर बेघा रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको जनाईएको छ ।

प्रतिष्ठानका संरक्षक हनेरी क्याप्टेन भिसी राम बहादुर बेघा लिम्बूको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा भिसी बेघाकी धर्मपत्नी संरक्षक पुनिमाया चाम्लिङ्ग राई बेघा, अधिवक्ता दिल बहादुर इङ्नाम, दमक प्रज्ञा प्रतिष्ठानका सचिव बिष्णु न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष सुबेदार हस्त बहादुर बेघाको अध्यक्षतामा र भिमराज बेघाको संचालनमा भएको थियो । माङहिमलाई सहयोग पु¥याउनु हुने महानुभावलाई कार्यक्रममा सम्मान पनि गरिएको सचिव बेघाले बताएका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...