साङ्वा वंश उत्थान संघ केन्द्रीय समितिको प्रथम साधारणसभा सम्पन्न

,   लिम्बुवान न्युज
                       

साङ्वा वंश उत्थान संघ केन्द्रीय कार्य समितिको प्रथम साधारण सभा तेह्रथुमको छथरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिल साङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साङ्वा वंश उत्थान संघ झापा, धनकुटा, पाँचथर समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगेन साङ्वाले २,६१६५६ वरावरको आय व्यय प्रस्तुत गर्नुभएको थियो भने संस्थागत प्रतिवेदन दिल साङ्वाले प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा दिल साङ्वाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ समितिको उपाध्यक्षमा टोम साङ्वा महासचिव नगेन साङ्वा, गोविन्द साङबा र कोषाध्यक्षमा मन कुमारी साङ्वा चयन हुनुभएको छ । साथै कर्णलाल साङ्वाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गरिएको छ ।

झापा जिल्ला अध्यक्ष प्रेम साङ्वा, पान्थर जिल्ला सचिव ओमराज साङ्वा, धनकुटा जिल्ला अध्यक्ष धनविर साङ्वा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव गोविन्द साङ्वाले गर्नु भएको थियो ।

सभामा बोल्दै दिल साङ्वाले भन्नुभयो संस्थाको काम वंशावली बनाउने मात्र होइन तर वंशावलीको काम पहिलो चरणमा सम्पन्न गर्नुपर्ने भएकोले आगामी एक वर्षभित्र साङ्वा वंशावलीको पहिलो संस्करण प्रकाशन गरिसक्ने, यसको लागि नामावली संसोधन र साङ्वा इतिहास लेखन कार्य अन्तिम चरणमा पुगेको बताउनु भएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;