लिम्बुवानको वडा प्रशिक्षण कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

मेयङलुङ/ संघीय लिम्बुवान मञ्च, नेपालको मेयङलुङ नगरपालिका वडा नं. ५ स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा समितिको आयोजनामा संचालन भएको प्रशिक्षण कार्यक्रम नेतृत्व बिकास र समय सामयिक राजनीति तथा मञ्चको आगामी रणनीति बारे प्रशिक्षण गरिएको हो ।

वार्डको आङदिम टोलमा भएको प्रशिक्षणमा वडा समितिका पदाधिकारी तथा सदस्य र पार्टी कृयाशिल सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सह–सचिव सेसेहाङ हुक्पाचोङ प्रमुख प्रशिक्षक रहेका थिए । तेह्रथुम जिल्ला समितिका अर्थ सचिब सन्तोस सम्बाहाङफे, नगर अध्यक्ष देविनारायण सम्बाहाङफे र सचिब देवि आङबुङले समेत प्रशिक्षणमा सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रमले उत्साह र उमंगका साथ पार्टीको सबै बिषयमा छर्लङ्ग भएको सहभागीहरुको भनाइ रहेको थियो । कार्यक्रमको संचालन नगर उपाध्यक्ष डम्बर खापुङले गरेका थिए । प्रशिक्षण कार्यक्रम वडा कार्यसमिति अध्यक्ष इन्द्र बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...