
मेयङलुङ/ संघीय लिम्बुवान मञ्च, नेपालको मेयङलुङ नगरपालिका वडा नं. ५ स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा समितिको आयोजनामा संचालन भएको प्रशिक्षण कार्यक्रम नेतृत्व बिकास र समय सामयिक राजनीति तथा मञ्चको आगामी रणनीति बारे प्रशिक्षण गरिएको हो ।
वार्डको आङदिम टोलमा भएको प्रशिक्षणमा वडा समितिका पदाधिकारी तथा सदस्य र पार्टी कृयाशिल सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सह–सचिव सेसेहाङ हुक्पाचोङ प्रमुख प्रशिक्षक रहेका थिए । तेह्रथुम जिल्ला समितिका अर्थ सचिब सन्तोस सम्बाहाङफे, नगर अध्यक्ष देविनारायण सम्बाहाङफे र सचिब देवि आङबुङले समेत प्रशिक्षणमा सहजीकरण गरेका थिए ।
उक्त कार्यक्रमले उत्साह र उमंगका साथ पार्टीको सबै बिषयमा छर्लङ्ग भएको सहभागीहरुको भनाइ रहेको थियो । कार्यक्रमको संचालन नगर उपाध्यक्ष डम्बर खापुङले गरेका थिए । प्रशिक्षण कार्यक्रम वडा कार्यसमिति अध्यक्ष इन्द्र बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।