नेपाली महिला टिमले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल महिला टिमले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि रक्षा चुमेको छ ।

मंगलबार बंगलादेशको ढाकामा भएको अत्यन्तै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मकभएको पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६–२४ ले जितेको थियो ।

सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८–१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४–२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।

दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । त्यसपछि नेपालले खेल २४–२४ मा पु¥याउन सफल भएपनि दोस्रो सेट ट्राइब्रेकरमै २४–२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।

तेस्रो सेटमा भने नेपालले २५–१५ ले सहजै जित्दै खेलमा २–१ को अग्रता बनायो । १०–११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८–११ को अग्रता बनाउँदै खेल २५–१५ ले सहजै जित्यो ।

तर चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५–२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २–२ को अवस्थामा पु¥यायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५–११ ले जित्दै नेपालले उपाधि जित्यो । खेलको उत्कृष्ट खेलाडीमा सरस्वती चौधरी घोषित भईन् ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...