पाँचौं झापा गोल्डकप फाल्गुन २१ देखि हुने

 लिम्बुवान न्युज
                       

बिर्तामोड, १८ पुस । मोफसलकै चिर्चित झापा गोल्डकपको पाँचौँ संस्करण यहि फागुन २१ गतेदेखि संचालन हुने भएको छ ।

मोफसलमै लोकप्रियता कमाएको गोल्डकप अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको थियो । विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जानकारी दिएका छन् ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन झापा गोल्डकप आयोजना गरिदै आएको अध्यक्ष विनोद बस्नेतले जनाएका छन् ।

कोषाध्यक्ष केदार गिरीका अनुसार यो वर्ष पनि पुरस्कारहरु अघिल्लो वर्षकै कायम राखिएको आयोजकले जनाएको छ । सो अनुसार झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने गिरीले बताए ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुंगो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

अघिल्लो वर्षजस्तै पाँचौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरिने अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै, यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने भएको छ ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

यसैबीच, प्रतियोगिता सञ्चालनको लागि विगतको अनुभवलाई मध्यनजर गर्दै महासचिव पौडेलकोे नेतृत्वमा ५ सदस्यीय सचिवालय गठन गरिएको छ । सचिवालय सदस्यहरुमा सञ्चारकर्मी केशव भट्टराई, विशाल नेम्वाङ, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल र सहसचिव भूमिका सुब्बा रहेका छन् । आवश्यकताअनुसार अन्य विभागहरु गठन गरी सदस्यहरु थप गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष तथा गोल्डकपका परिकल्पनाकार महेन्द्रकुमार गिरी र संरक्षक तथा गोल्डकपका परिकल्पनाकार जलकुमार गुरुङले गोल्डकपको तयारी तथा अघिल्ला संस्करणबारे आआफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...