पाँचौं झापा गोल्डकप फाल्गुन २१ देखि हुने

,   लिम्बुवान न्युज
                       

बिर्तामोड, १८ पुस । मोफसलकै चिर्चित झापा गोल्डकपको पाँचौँ संस्करण यहि फागुन २१ गतेदेखि संचालन हुने भएको छ ।

मोफसलमै लोकप्रियता कमाएको गोल्डकप अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको थियो । विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जानकारी दिएका छन् ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबलको हबको रुपमा विकास गराउन झापा गोल्डकप आयोजना गरिदै आएको अध्यक्ष विनोद बस्नेतले जनाएका छन् ।

कोषाध्यक्ष केदार गिरीका अनुसार यो वर्ष पनि पुरस्कारहरु अघिल्लो वर्षकै कायम राखिएको आयोजकले जनाएको छ । सो अनुसार झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने गिरीले बताए ।

त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुंगो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

अघिल्लो वर्षजस्तै पाँचौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरिने अध्यक्ष बस्नेतले बताए ।

त्यस्तै, यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने भएको छ ।

प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

यसैबीच, प्रतियोगिता सञ्चालनको लागि विगतको अनुभवलाई मध्यनजर गर्दै महासचिव पौडेलकोे नेतृत्वमा ५ सदस्यीय सचिवालय गठन गरिएको छ । सचिवालय सदस्यहरुमा सञ्चारकर्मी केशव भट्टराई, विशाल नेम्वाङ, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल र सहसचिव भूमिका सुब्बा रहेका छन् । आवश्यकताअनुसार अन्य विभागहरु गठन गरी सदस्यहरु थप गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

गोल्डकपका वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष तथा गोल्डकपका परिकल्पनाकार महेन्द्रकुमार गिरी र संरक्षक तथा गोल्डकपका परिकल्पनाकार जलकुमार गुरुङले गोल्डकपको तयारी तथा अघिल्ला संस्करणबारे आआफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;