
काठमाडौं, १९ पुष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार बसेको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको हो ।
सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मतिमा चयन गरेको छ । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने बताएका छन् ।

हाल स्वास्थ्य उपचारको लागि चीनमा रहेका नेता वर्षमान पुन र ओनसरी घर्तीसँग सल्लाह गरेर पदाधिकारी चयन गरिने माओवादी स्रोतले बताएको छ । नेता पुन र घर्ती मंगलबार नेपाल आइपुग्ने जनाइएको छ ।
अध्यक्ष प्रचण्डले ‘दम्तती मगरलाई पनि सामेल गर्नु भावनात्मक, संवेदना, विचार हरेक दृष्टिबाट उचित हुने भएको हुनाले पदाधिकारी चयन नगरिएको हों’ भनेका छन् ।