माओवादीको पहिलो बैठक पदाधिकारी चयन नगरि सम्पन्न, अध्यक्षमा प्रचण्ड सर्वसम्मत चयन

 लिम्बुवान न्युज
                       

काठमाडौं, १९ पुष । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार बसेको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको हो ।

सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मतिमा चयन गरेको छ । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने बताएका छन् ।

हाल स्वास्थ्य उपचारको लागि चीनमा रहेका नेता वर्षमान पुन र ओनसरी घर्तीसँग सल्लाह गरेर पदाधिकारी चयन गरिने माओवादी स्रोतले बताएको छ । नेता पुन र घर्ती मंगलबार नेपाल आइपुग्ने जनाइएको छ ।

अध्यक्ष प्रचण्डले ‘दम्तती मगरलाई पनि सामेल गर्नु भावनात्मक, संवेदना, विचार हरेक दृष्टिबाट उचित हुने भएको हुनाले पदाधिकारी चयन नगरिएको हों’ भनेका छन् ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...