मेचीनगरमा आगलागी हुँदा १ को मृत्यु, १२ घाइते

 लिम्बुवान न्युज
                       

झापा, २२ पुष । झापाको मेचीनगरमा गएराति भएको आगलागीबाट एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर ८ बस्ने ४५ वर्षिय सारद राजवंशी रहेका छन् ।

उनलाई उपचारको लागि एन्जल मेडिकल धुलाबारी लगिएकोमा मेडिकलमा पुर्याउनासाथ मृत्यु भएको थियो । त्यस्तै आगो निभाउने क्रममा १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मेचीनगर ८ बस्ने ४० वर्षिय लेखनाथ तिमल्सिना, बिर्तामोड ९ बस्ने २९ वर्षिय गोविन्दप्रसाद राजवंशी, मेचीनगर ७ बस्ने ३२ वर्षिय दिपेन्द्र कार्की, सोही ठाउँका ३८ वर्षिय चन्दन गौतम, ४० वर्षिय सुबलाल राजवंशी , ३५ वर्षिय विनोद गिरी , ३५ वर्षिय नवराज श्रेष्ठ, २३ वर्षिय सन्देश बोहोरा , वडा नं ८ बस्ने ३४वर्षिय हरि वि.क., वडा नं ७ बस्ने ३६ वर्षिय निर्मल शर्माको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

त्यस्तै ४० वर्षिय भवानीशंकर न्यौपानेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ भने वडा नं ८ बस्ने अर्जुन अधिकारीकी ८ वर्षिया छोरी सुशिला अधिकारीलाई स्थानीय शाही सुमिरन मेडिकल ईटाभट्टामा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।

गएराती ९ः२० बजेको समयमा मेचीनगर ७ पिपल चोक बस्ने केशब पाठकको टिनको छानो, चित्राको बेरा भएको एकतले कच्ची घरमा रामेछाप घर भएका कुमार पाण्डे भाडामा बस्दै आएकोमा घरमा कोही नभएको अवस्थामा आगलागी भएको थियो । घरमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्कन उनीहरु घाइते भएका थिए । आगलागी मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा राति १०.२२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको डिएसपी पाठकले जानकारी दिए । आगलागीबाट के कति क्षति भएको हो त्यसको विवरण आइनसकेको जनाएको छ ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...